दाइजो लेनदेनको विवाह बहिष्कार गर्ने अभिनेता

काठमाडौं । नाटक हुँदै केही वर्ष यताबाट चलचित्रमा व्यस्त देखिएका हास्य अभिनेता रविन्द्र झा दाईजो विरोधी कलाकार हुन् । सोही कारण उनले दाईजो लेनदेन हुने विवाहलाई बहिष्कार गर्दै आएका छन् ।

रंगमञ्च हुँदै पछिल्लो समय चलचित्रमै लोकप्रिय भएपछि यी अभिनेतालाई विभिन्न विवाहबाट निम्ता आउने गरेको छ । आफन्तको विवाहमा त उनलाई अनिवार्य उस्थितिको निम्ता आउने गरेको छ । यस्तो विवाहमा उनको एउटै प्रश्न हुने गरेको छ । ‘विवाहमा बेहुली पक्षबाट बेहुला पक्षलाई दाईजो (तिलक) दिईन्छकी दिईँदैन ?’ दिइन्छ भन्ने जवाफ आयो भने उनी त्यो विवाह आउँदिन भन्दा रहेछन् । साथीसँगी मात्र हैन, आफन्तको विवाहमा पनि दाईजो दिँदैछन भन्ने जानकारी पाए भने उनी त्यस्तो विवाहमा अनुपस्थित हुँदा रहेछन् ।

धेरै दाईजो दिनुपर्ने भएपछि आफन्त र आफ्नो परिवारमा चेलीबेटीको विवाह समयमा हुन नसकेको पीडा उनले बिगतमा भोगेका छन् । रविन्द्रको भनाईमा उनले दाईजो बिरुद्धको नाटक समेत खेलेका छन् । दाईजोको विरुद्ध उत्रनुको कारण’bout अभिनेता झाले राजधानीसँग भने,‘मैले नै दाईजो दिनु हुन्न भनेर तराईका धेरै गाउँमा नाटक प्रस्तुत गरेको छु । यदी मैले नै दाईजोको लेनदेख हुने विवाहमा सहभागिता जनाएको खण्डमा त त्यो नाटक देखाउनुको अर्थ नै भएन ।’ सोही कारण दाईजो लेनदेन हुने कुनै पनि विवाहमा आफु नजाउने उनले बताएका छन् ।

अभिनेता रविन्द्र झाले अभिनय गरेको नयाँ चलचित्र ‘चुरीफुरी’ यही ९ पुषबाट देशव्यापी रुपमा सिनेमा हलमा रिलिज हुँदैछ । यो फिल्ममा पनि उनले यस्तै भूमिका निर्वाह गरेका छन् । तराईमा तिलक भनेर चिनिने दाईजोलाई उनी समाजको भाईरसको रुपमा व्याख्या गर्छन,‘बाउआमाले एउटी छोरीलाई जीवनमा साह्रै दुख गरेर हुर्काउँछन । त्यही छोरीलाई विवाह गर्दा दिनपर्ने दाईजोको बोझ अथवा ऋणले ती बाउआमाको जीवन नै पीडामा बित्छ ।’ सोही कारण तराईमा अहिले पनि छोरी जन्मेको दिनबाटै ती छोरीलाई विवाह गर्दा दिनुपर्ने दाईजोले सताउने गरेको रविन्द्रको कथन छ ।

अभिनेता रबिन्द्रले मागी विवाह गरेका हुन् । साहित्यकार, प्राज्ञ तथा राजनीतिज्ञ रमेश रञ्जन झाकी छोरी तथा नाट्य कलाकार प्रियँका झासँग रबिन्द्रले विवाह गरेका हुन् । आफ्नी छोरीको विवाहमा रमेश रञ्जनले केही दाईजो दिने चाहना व्यक्त गरे । त्यो दाईजो रविन्द्रले मागेका थिएनन्, ‘उहाँहरुलाई प्रियँकाजीसँग विवाहको लागि कुरा चलाउँदा दाईजो दिने भनेपछि मैले विवाह नै गर्दिन भने । मेरो त्यो जिद्धी देखेर उहाँहरुले दाईजो नदिने निर्णय गरेपछि मात्र म विवाह गर्न मन्जुर भएको हुँ ।’ यसरी आफ्नो विवाहबाटै दाईजोको लेनदेन रोकेको पनि रविन्द्रले राजधानीलाई बताएका छन् ।

दिल्लीबाट नाटकमा स्नातक गरेर नेपाल फर्केपछि नाट्य कलाकार प्रियँका झासँग उनले केही नाटकमा काम गरे । त्यसपछि मन पराएका प्रियँकासँग रविन्द्रको मागी विवाह भएको हो,‘यदी प्रियँकाको परिवारबाट दाईजो लिनै पर्ने बाध्य मलाई बनाईएको भए म त्यो विवाह गर्ने थिईन् । जब दाईजो लेनदेख नगर्ने कुरामा उहाँहरु सहमत हुनुभयो, तव विवाहको लागि म मञ्जुर भएँ ।’ रविन्द्रले भने ।

आफुहरुको विवाह अघि र विवाह पछि पनि रविन्द्रले प्रियँकासँग दाईजो बिरुद्ध धेरैवटा सडक नाटक गरिसकेका छन् । चलचित्र जात्रामा दम्पत्तिले पतिपत्नीकै भूमिका निभाएका छन् । समाज परिवर्तनका लागि आफुले सुरु गर्नु पर्ने यी अभिनेता बताउँछन् । अहिलेको नयाँ चलचित्र चुरीफुरीमा पनि आफुले समाज परिवर्तनका लागि यस्तै एउटा फरक भूमिका निभाएको यी अभिनेताको दाबी छ ।

रविन्द्रको भनाईमा आफुहरुले नियमित पलह गरेका कारण पछिल्लो समय जनकपुरमा दाईजोको लेनदेनमा निकै कमी आएका छ । दाईजो लिने दिने विवाहलाई आफुहरुले बहिष्कार गर्दै आएका कारण त्यस्तो लेनदेन हुने कार्यक्रममा आफुहरुलाई निम्ता आउन छाडेको पनि उनले बताएका छन् । दाईजो लेनदेन हुँदैन भनेर खुसीका साथ वोलाउने विवाहमा आफुहरु पनि खुसीका साथ सहभागी हुने रविन्द्रको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न