भारतमा ओमिक्रोनबाट २०० संक्रमित

नयाँ दिल्ली । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन् । ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन् ।

त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् । यो अहिलेसम्मकै न्यून संख्या हो ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित