उदयपुरकी प्रेमीकालाइ ३३ लाख ठगी गर्ने खोटाङका प्रेमी पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रेम जालमा पारेर पैसा ठगी गर्ने खोटाङका एक युवालाई पक्राउ गरेको छ । विवाहपछि ठूलो व्यावसाय गरेर जीवन यापन गर्ने आश्वसन देखाउदै उदयपुरको एक महिलाबाट ३३ लाख बराबरको नगद तथा सुनचाँदी लिएर फरार भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका– ५ चिप्रिङका ३४ वर्षिय मोहन राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिएको छ । उनलाई महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बुढा मगरले बताए । मगरका अनुसार राईलाई त्रियुगा नगरपालिका– ३ मोतिगडामा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको थियो । पीडित महिलाले उनी बिरुद्ध गत माघ २९ गते प्रहरीमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीमा आफुलाई ललाई फकाई प्रेमजालमा पारेर बिभिन्न समयमा ३३ लाख रुपैया बराबर ठगी गरेको उल्लेख गरिएको छ ।

राईले पहिलो पटक भारतको लखनौमा आफनो ठूलो औषधी पसल रहेको र पुनः लगानीको लागी भन्दै ४० हजार रुपैया लगेको थियो । दोश्रो पटक आफनो भान्जीलाई अष्टे«लिया पठाउनु पर्ने भन्दै एक लाख ५० हजार रुपैया र  ९ तोला सुनको गरगहना बिक्रि गरि दिएको बताईन । तेश्रो पटक उनकै सल्लाह बमोजिम आफू बस्दै आएको घर बिक्रीको क्रममा लिएको बैना २७ लाख रुपैया लिएपछि भने फरार भएको  जाहेरीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिवन नगरपालिका वडा नम्बर ७ को पुन मतगणना गर्न आदेश