चर्चित हिन्दी फिल्म ‘तारे जमिम पर’मा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन्, ‘सोलोमन आइल्यान्डका आदिवासीले रूख काट्दैनन् । उनीहरू रूखको वरिपरि एककठ्ठा भएर घन्टांैसम्म रूखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् ।
केही हप्तापछि रूख सुखेर आफैं ढल्छ ।’ धेरैलाई यो कुरा साह्रै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने कतिपय मानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर, यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्धानहरूको आआफ्नो तर्क छ । तर, वैज्ञानिक डा. ब्रुस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । सानोतिनो होइन, तीन त्रिभुवन हल्लाउने शक्ति छ । खाँचो छ त सिर्फ यसको सदुपयोगको ।
मनको शक्ति
मन र मस्तिष्क एउटै होइनन्, अलगअलग अंग हुन् । तर, मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर । मनको तीन स्तर हुन्छ । चेतन अवस्था, अवचेतन अवस्था तथा अचेतन अवस्था । यो वर्गीकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो ।
मनोविज्ञानका अनुसार चेतन मनको शक्ति १० प्रतिशतभन्दा कम छ, जबकि अवचेतन मनको शक्ति ९० प्रतिशतभन्दा बढी छ । तर, प्रायः मानिसले चेतन मनको शक्तिले कार्य गर्छन् । अवचेतनलाई उपयोग गर्दैनन् । अवचेतन मन कहिल्यै सुत्दैन, आराम पनि गर्दैन । दिनरात क्रियाशील रहन्छ । श्वाप्रश्वास, रक्तसञ्चार, पाचन तथा उत्सर्जन क्रियामा अवचेतन मनको भूमिका रहन्छ ।
चेतन मनभन्दा लाखौं गुणा शक्तिशाली मानिसको अवचेतन मनले नै मानिसको जीवन बनाउँछ, बिगार्छ पनि
चेतन मन सक्रिय अवस्थामा हो । जसले सोचविचार तथा तर्कका आधारमा निर्णय लिन्छ, कार्य गर्छ । तर, अवचेतन मन एक भण्डार जस्तो हो, जसमा विचार, अनुभव तथा धारणा संग्रह हुन्छ । अवचेतन मन तर्क तथा सोचविचारले कार्य गर्दैन, अनुभव तथा धारणाको आधारमा स्वचालित तरिकाले कार्य गर्छ । चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रस्ट पार्न सकिन्छ । जब कुनै व्यक्तिले साइकल चलाउन सिक्छ, उसलाई ध्यानपर्वूक साइकल नियन्त्रण गर्नुपर्छ ।
सुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ । तर जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नुपर्दैन, साइकल आफसे आप नियन्त्रित हुन्छ । उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्छ । यो कसरी हुन्छ ? सुरुवातमा जब व्यक्ति पहिलोपटक साइकल चलाउन सिक्छ, तब उसले आफ्नो चेतन मन प्रयोग गर्छ, जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रह हुन थाल्छ, अनि विस्तारै विस्तारै अवचेतन मनले चेतन मनको ठाउँ लिन थाल्छ ।
वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफ्से आफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरू जस्तैः सास लिनु, मुटु धड्कनु, रक्तसञ्चार, पाचन तथा उत्सर्जन आदि कार्यहरू अवचेतन मनद्वारा नै हुने गर्छ । आदत तथा दैनिक दिनचर्याका कार्यहरूमा पनि अवचेतन मनको महत्वपूर्ण भूमिका हुन्छ । अवचेतन मन एक सफ्टवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिङ चेतन मनद्वारा हुने गर्छ । अवचेतन मनले स्वयं राम्रो नराम्रो सोच्न सक्दैन ।
मानिसको मनमा तीन त्रिभुवन हल्लाउने असीमित शक्ति छ, बरु खाँचो छ त सिर्फ यसको सदुपयोगका
यो प्रोग्रामअनुसार स्वचालित तरिकाले कार्य गर्छ । हाम्रो हरविचारले हाम्रो अवचेतन मनमा महत्वपूर्ण प्रभाव पार्छ । अर्को शब्दमा भन्ने हो भने हामी जे जस्तो सोच्छांै वा गर्छौं । त्यो सबै अवचेतन मनमा प्रोग्रामिङ हुन्छ । अनि विस्तारै वितारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ । हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रूपमा अवचेतन मनद्वारा नियन्त्रित हुन्छ ।
रोगहरूको जरो
मानिसको अवचेतन मन चेतन मनभन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । यही अवचेतन मनले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिगार्छ । मानिसलाई स्वस्थ बनाउँछ । मानिसलाई रोगी बनाउँछ । जब व्यक्तिले नकारात्मक भावना अवचेतन मनमा दबाएर राख्छ, बाहिर निक्लने बाटो दिँदैन तब शरीरको रासायनिक प्रक्रिया विषाक्त हुन्छ अनि तनाव, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोग पैदा हुन्छन् । वास्तवमा रोगहरूको जरो भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो ।
परिर्वतन सम्भव
हो, आदत परिवर्तन गर्न गाह्रो छ तर असम्भव चाहिँ छैन । चेतन मन र अवचेतन मनको मनोवैज्ञानिक अवधारणालाई बुझ्ने हो भने मानिसले जीवनका ठूलो परिवर्तन गर्न सक्छन्, कयौं मानिसहरूले गरिरहेका पनि छन् । अवचेतन मनका कारण नै मानिसले आप्mनो कुनै खराब आदत परिर्वतन गर्ने भरमग्दुर कोसिस गर्दा पनि परिवर्तन गर्न सक्दैनन् । त्यो ’cause आदत अवचेतन मनमा यति मजबुतसँग प्रोग्रामिङ भएको हुन्छ कि त्यसलाई चेतन मनको कोसिसले कुनै असर गर्दैन ।
आदत बदल्न अवचेतन मनमा इन्स्टल भएका खराब आदतलाई हटाएर त्यसमा सकारात्मक कुरा स्थापित गर्नुपर्छ । दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार यसरी नै जब सोलोमन आइल्यान्डका मानिस रूखलाई गाली दिन्छन् तब रूखको माइन्डले नकारात्मक तथा खतरनाक विचार इन्स्टल गर्छ । जसका कारण रूखको मोलेकुलर संरचना बिग्रन्छ । अनि रूख सुकेर ढल्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागू हुन्छ । बारम्बार एकै कुरा दोहो¥याउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिले बुद्धले भनेका नै थिए, ‘तिमीले जस्तो सोचका थियौ, त्यस्तै भएका छौ ।’
पुछारमा
संसारमा जति पनि हिंसा, डर, क्रोध, घृणा, इष्र्या तथा बदलाका भावना छन् । त्यसको मूल कारण हो, अवचेतनमा छुपेको नकारात्मक भावना । चिन्ता, भय, तनाव तथा निराशाले हृदय, फोक्सो, आमाशय तथा आन्द्रा आदिको समान्य कार्यप्रणालीको गतिमा अवरोध सिर्जना गर्छ । अनि मानिसलाई रोगी र दुःखी बनाउँछ । रोग र शोकबाट बच्न, जीवन स्वस्थ र आनन्दित तुल्याउन सकारात्मक जीवनशैली आवश्यक हन्छ । त्यो ’cause स्वस्थ र सकारात्मक आचारविचारले अवचेतन मनको नकारात्मक हट्छ । अनि जीवनमा सुख, स्वस्थ र शान्ति प्रकट हुन्छ ।