सीमाको उपन्यास ‘अपरिचित’ को लोकार्पण

काठमाडाैं । आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास अपरिचित आज एपेक्स लाइफ स्कुल कपनमा विमोचित भएको छ ।
साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताए । त्यसैगरि अर्का समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखे ।
प्रमुख अतिथिका रुपमा बोल्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले भने, ‘लेखाइ सुन्दर छ । सामाजिक कथामा आधारित छ । तर परिमार्जन गर्न सकिने ठाउँ छ ।’

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राखेका थिए भने लेखिका सीमा पुरीले रचना गर्भ सुनाएकी थिइन् । यस अघि उनको पहिलो उपन्यास परीले पनि पाठकको माया पाएको थियो ।

बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भिमा देवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए । पुस्तकको बजार मूल्य ३८५ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

epaper

ताजा समाचार

झापाको बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए