सरकारी हाकिम दिनभर घाम तापेर बस्छिन्, सेवाग्राहीसंग झर्किन्छिन्


रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ दैनिक सरकारी पोसाकमै घाम तापेर दिन कटाउने गरेकी छन् । कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्न‘पर्नेमा त्यसको बेवास्तासमेत गर्ने गरेकी छन् ।

कार्यालयमा पुगेका सेवाग्राहीलाई बेवास्ता गर्ने र नागरिकसँग भेटघाट नगर्ने र झर्कनेजस्ता कार्य यसअघि पनि पटकपटक गर्दै आएको गुनासो कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले गर्दै आएका थिए । प्रमुख गुरुङ दैनिक रूपमा घाम तापेर बस्ने र सेवाग्राहीको गुनासोसमेत नसुन्ने गरेको सेवा लिन पुगेका सेवाग्राहीहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा प्रमुख गुरुङसँग परामर्श लिन पुगेका रामेछाप नगरपालिका–२ देउरालीका कृषकहरू प्रमुखले नभेटेपछि त्यतिकै घर फर्किएका छन् । कार्यालय परिसरबाट बाहिरिँदै गरेका कृषकहरूले आफूहरू धानवाली, तरकारीलगायतका बालीहरूमा लागेको रोग र त्यसको निधानको विषयमा जानकारी लिन आउँदा प्रमुख गुरुङले भेट नै नदिई बरन्डामा घाम तापेर बसेकाले आफूहरू बिनापरामर्श खाली हात फर्किएको रामेछाप नगरपालिका–२ देउरालीका अशोक मगरले जानकारी दिए ।

उनले भने, ‘कृषि ज्ञान केन्द्रले सिफारिस गरेको धान खरिद गरेर लगेको धानको बीउ खेतमा लगाउँदा धानको बाला मात्रै भएको र दाना नै लागेन । यता खेत तथा बारीमा लगाइएको तरकारीमा रोगले क्षति पुगेपछि सरकारी अनुदान मिल्छ कि मिल्दैन भन्ने विषयमा प्रमुखलाई नै भेटेर कुराकानी गर्न आएका थियौं ।’ प्रमुख गुरुङले किसानलाई भेट नै नदिई घाम तापेर बसेपछि आफूहरू त्यत्तिकै फर्किएको कृषक मगरले गुनासो गरे । कृषकहरू कार्यालयबाट बाहिरिएसँगै उक्त कार्यालयमा भए÷गरेका कामको सूचना लिन पुगेका सञ्चारकर्मीहरू पुग्दा पनि प्रमुख गुरुङ घाम नै तापेर बसेकी थिइन् ।

सञ्चारकर्मीहरूले केही सूचना आवश्यक परेकाले भेट गर्न आएको भन्दा उनले आफू एकछिन घाम तापेर बस्ने भन्दै कार्यकक्षमा समेत पस्न नमानेको मेरो प्रदेशका प्रधान सम्पादक दीपक भट्टले जानकारी दिए । उनले भने, ‘नागरिकले तिरको करको पैसाले तलव भत्ता खाएर नागरिकहरूको काम नै नगरि दैनिक घाम तापेर बस्न प्रमुख गुरुङलाई लाज लाग्नुपर्ने हो । यता जिल्लाका सरकारी कार्यालयको नियमित अनुगमन गर्ने तालुके अड्डा जिल्ला प्रशासन कार्यालयले पनि सरकारी कार्यालयको नियमित अनुमगन गर्न नसक्दा कार्यालय प्रमुख र कर्मचारीको ज्यादती बढ्दै गएको भट्टले बताए ।

कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीको काम नै नगरी कार्यालय प्रमुख दैनिक घाम तापेर बस्नु नितान्त घृणित काम भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने, ‘एउटा सरकारी कार्यालयको प्रमुख सेवाग्राहीको काम रोकेर घाम तापेर बस्नु भनेको रामेछापका आम नागरिकहरू माथि गरेको अपराध हो । यस विषयमा नागरिकले खबरदारी गर्न‘पर्ने र तालुके सरकारी कार्यालयले आवश्यक कारबाही गर्न‘पर्ने ढुंगेलले बताए

तपाइको प्रतिक्रिया
(Visited 564 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी