आज सलमानको जन्मदिन : यस्ता छ उनका रोचक किस्सा

मुम्बई । बलिउडका अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन् ।

उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन् । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन् । यहाँ सलमानको ’boutमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्-

सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन् । यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए । उनका अनुसार २० वर्ष यता उनी कुनै होटल र रेष्टुरेन्टमा गएका छैनन् ।

उनी होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जान्छन् । सलमान किचनको बाटो जान रुचाउछन् किनकी भोक लागेको अवस्थामा उनले त्यहाँ खाना खान पाउछन् ।

सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्ममा उनले सहकलाकारको भूमिका निर्वाह गरेका थिए । उनलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्‍याे । सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो ।

यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गरे । सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन् । केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन् ।

सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउछन् । केक काट्न मन नपराउने सलमानको जन्मदिन केक उनका भतिज काट्छन् । सलमान उनीबाहेक अरुले आमा सलमा र हेलनलाई अन्यले छोएको मनपराउदैनन् । उनका साथीहरु पनि टाढैबाट अंगालो मार्छन् । सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डराउछन् ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित