फाउण्ड परियोजनाले रोजगार विहीन अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौँ । फाउण्ड परियोजनाले रोजगार विहीन अपाङ्गता भएका व्यक्तिलाई शिप मुलक तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको छ । विगत एक वर्ष देखि फाउण्डले सो काम गर्दै आएको हो ।

हाल सम्ममा परियोजनामा ६ सय १५ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमा १ सय २ अपाङ्गता भएका व्यक्तिहरूले तालिम लिइरहेका छन् भने ६० जनाले सिप मुलुक तालिम लिएर काम गर्न थालि सकेका छन् । ७७ जना अपाङ्गता भएका व्यक्तिहरूले स्वरोजगारको लागि बीज मुद्रा सहयोग प्राप्त गरेका छन् । १ सय १२ जना अपाङ्गता भएका व्यक्तिहरू व्यावसायिक तालिममा भर्ना भएका छन् । ३ सय २४ अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी परामर्श र करियर मार्गदर्शन प्राप्त गरे छन् । यसैगरी ३० जनाले प्रत्यक्ष वा साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य सहायता पाएका छन् ।

२६ रोजगारदाताहरूले असक्षमता भएका व्यक्तिहरूलाई उचित भुक्तान गर्ने कामका अवसरहरू प्रस्ताव गरेका छन् । द लेप्रोसी मिशन नेपालले वेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघसँगको संयुक्त साझेदारीमा सन् २०१९ देखि २०२३ सम्मका लागि रोजगार विहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर फाउण्ड परियोजना सुरु भएको हो ।

यो परियोजना हाल नेपालका पाँच वटा जिल्लाहरुमा सञ्चालन भइरहेको छ । सञ्चालन भएका जिल्ला मोरङ, ललितपुर, काठमाडौँ, रुपन्देही र कपिलवस्तुमा रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक तथा विभिन्न प्रकारका सेवाहरुमा पहुँच एकदमै न्यून रहेको हुँदा रोजगार विहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर फाउण्ड परियोजना सुरु गरेको परियोजनाको भनाई छ । परियोजनाका अनुसार बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागले २०२१ जुलाई सम्म यस परियोजनालाई सहयोग गरेकोमा २०२१ अगस्ट देखि भने यस परियोजनालाई जारी राख्ने उद्देश्यले कर्भि लेङ्ग फाउण्डसनले सहयोग गर्दै आइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
कन दलले कहाँ गुमाए ?