माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।

समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबारबाट समूहगत छलफल सुरु भएको हो ।

समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी