वैज्ञानिकहरु भन्छन् : नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाइ निशाना बनाउनेछ ।

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

नयाँ एन्टिबडी’bout गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी