नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित

काठमाडौं । नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।

सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् ।

‘सिसाक सर्भर’ किन्न आर्थिक समस्या

समाजका महासचिव ‘बी’ (बद्री) पाण्डेले प्रक्रिया थालनी सुरु भएको राजधानीलाई बताए । उनका अनुसार अहिलेसम्म सिसाकबाट विश्वका १ सय २० देशले सदस्यतासँगै सेवा लिइरहेका छन् । जहाँ ती देशका रोयल्टी संकलनसम्बन्धी १ सय २८ समाज आबद्ध छन् । सो संस्थामा पहिलोपटक नेपाल सदस्य बन्न सफल भएको हो ।

‘संगीत रोयल्टी संकलन समाजबाट नेपाली गीत अन्तर्राष्ट्रिय बजारमा पठाउन सिसाक सदस्यता अपरिहार्यजस्तै थियो । त्यो कार्य सम्पन्न भए पनि सिसाक सफ्टवेरमा जोडिन भारी शुल्क लाग्ने महासचिव पाण्डे बताउ“छन् । ‘हाम्रा सदस्यका जति पनि गीत छन्, सर्भर लिएपछि ती सबै गीतको परिचय खुल्ने कोड सिसाकले दिन्छ,’ उनले भने, ‘कोडले सम्बन्धित गीत कहाँ कसरी प्रयोग भइरहेको छ ? भनेर देखाउनुका साथै सर्भरमा रोयल्टीसमेत जम्मा हुन्छ ।’

समाज अध्यक्ष सुरेश अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीत व्यापारका लागि पहिचान (म्युजिक कोड) आवश्यक छ । कोड भएपछि बल्ल अन्तर्राष्ट्रिय बजारमा रोयल्टीका लागि वैधानिकता प्राप्त गर्ने उनले जानकारी दिए ।

संगीत रोयल्टी संकलन समाजमा रहेका गीतको अन्तर्राष्ट्रिय कोड ‘केही सस्तोमा प्राप्त भए पनि सिसाक सर्भर’का लागि ५० देखि ६० लाख शुल्क तत्कालै बुझाउनुपर्नेछ । सो रकम स्रष्टाको नाममा संकलित ‘रोयल्टीबाट बुझाउने कि ?’ भनेर छलफल सुरु भएको छ । यसका लागि एकथरी ‘सकारात्मक भए पनि अर्काथरी’ अन्कनाइरहेका छन् ।

फ्रान्समा मुख्य कार्यालय रहेको ‘द इन्टरनेसनल कनफेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) विश्वको गीतसंगीतसम्बन्धी रोयल्टी संकलन गर्ने समाजको छाता संगठन हो ।

सो संस्थाको आफ्नै अन्तर्राष्ट्रिय सेन्टर सर्भर छ । जसमा सिसाक सदस्य प्राप्त गरेर कोड लिएका गीत हुन् । ती गीत ‘कहाँ, कसरी र कति प्रयोग भयो ?’ भनेर जानकारी प्राप्त हुने गर्दछ । सो जानकारीसँगै रोयल्टी संकलनमा समेत सहयोग पुग्ने गरेको छ । यही कारण नेपालले ढिलै भए पनि सिसाक सदस्यता लिएको हो ।

विश्वका ४० लाख अर्थात् ४ मिलियन स्रष्टाको बौद्धिक सम्पत्ति (गीतसंगीत, नाटक, अडियोभिडियो, साहित्य, कला) संरक्षण सिसाकले गरिरहेको छ । सिसाकबाहेक आधिकारिक रूपमा अन्तर्राष्ट्रिय बजारबाट नेपाली गीतसंगीतको रोयल्टी संकलन सम्भव नरहेको समाजको बुझाइ छ ।

अधिकारीका अनुसार विश्वका सबै रोयल्टी समाजले अर्जेन्टिनासँग लिएको सर्भर प्रयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा नेपाली गीतसंगीत राखेर उनीहरूले दिएको रोयल्टी थाप्नुपर्ने अवस्था छ । अहिले ‘नेपाली गीतसंगीत कहाँ, कसरी र कति मात्रामा प्रयोग भइरहेका छन् ?’ भनेर सहजै बुझिने अवस्था छैन ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा