काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उहाँको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)