उक्लिएको मान्छे पढेपछि…

‘हरेक मान्छेका आफ्नै कथा हुन्छ र ति कथालाई समाजले पढन पाउनुपर्छ’ भन्ने मान्यताका साथ स्थापित घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक ‘उक्लिएको मान्छे’ भित्र भक्तराज रञ्जितको कथा पढन पाइन्छ ।

रञ्जितको जीवनकथा समेटिएको उक्त पुस्तकमा केवल उनका जीवनकथा मात्रै छैन, तत्कालिन समयचित्र पनि छ । पुख्र्यौलि इतिहासको अंशबाट सुरु भएको पुस्तक बंशावलीमा गएर सकिन्छ । कितावले केवल भक्तराज रञ्जितको कथा मात्रै भन्दैन रञ्जित खान्दानको इतिहास परम्परा, रिति रिवाज र संस्कृति पनि पुस्तकमा संग्रहित छ । यस अर्थमा रञ्जितले मेहनत गरेको प्रतित हुन्छ । बायोग्राफी भए पनि केबल आफ्नो मात्रै कुरा छैन । यो पुस्तक भित्र यावत कुरा आवश्यक थियो कि थिएन, छुट्टै बहसको विषय हुनसक्छ ।

‘व्यवसायमा आधारित नेवार समाज, रञ्जितकार थर र लाखे नचाउने परम्परा’बाट सुरु हुन्छ । उक्त अध्यायमा रञ्जितका आफ्ना कुरा थोरै छ । राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय प्राप्त गरेको प्रसंग देखी । उपत्यकामा भएका सांस्कृतिक प्रसंगको समेत व्याख्या गरिएको छ, जुन उनका निजी कुरा होइन । ‘नेपाल मण्डल’, रञ्जितहरुको धार्मिक संस्कार, उपत्यकामा हुने लाखे नाँच, जन्म, मरण संस्कारलगायतका विषयमा व्याख्या गरिएको छ । आत्मकथामा यो प्रसंग जरुरी थियो थिएन आफ्नो ठाउँमा छ । तर, इतिहासका वारेमा चासो राख्नेहरुका लागि यो प्रसंग उपयोगी लाग्छ ।

खण्ड २ बाट लेखक रञ्जितको आफ्नै कुरा सुरु हुन्छ । काठमाडौंको बाँसबारीमा जन्मेका रञ्जितले जुद्धोदय माविमा पढेका थिए । अहिले जस्तो यातायातको साधन सर्वसुलभ नभएको उवेलामा कसरि पढे । उनका संघर्षमय जीवन प्रष्ट बुझिन्छ । सिलोटमा माटो राखेर अक्षर लेख्ने जमानामा जन्मेका रञ्जितले सैनिक अस्पतालपछाडी डंगबहिलमा गएर कलम र मसी किनेका प्रसंग अहिलेका पुस्ताका लागि अचम्म र रोचक लाग्छ । अहिलेका मान्छेका लागि सार्वजनिक सवारी साधनले उती आकर्षण गर्दैन । तर, रञ्जितको साझा यातायात चढने रहर सुन्दा रमाइलो लाग्छ । काठमाडौंमा भएका खुल्ला ठाउँ र चंगा संस्कृति’bout पनि उनको पुस्तकमा व्याख्या गरिएको छ ।

कजेल जीवनको च्याप्टर पढ्दा उनले जीउने क्रममा पटक पटक अप्ठयारो घुम्तीहरु आफ्नै वलबुतामा पार गरेको अनुभुति हुन्छ । पञ्चायतकालमा गोरखापत्र दैनिकमा काम गरेका रञ्जितले पञ्चायती सरकारको निती अनुरुप राष्ट्रिय सेवा विकास (राविस) मा खटिन पर्ने भयो । उनी पर्वतको कुश्मा पुगे । राबिसमा खटिनेहरुले पढाउने, स्वास्थ्य खेतीपातीदेखी अरु धेरै कुरामा सिकाउनु पथ्र्यो । (खासमा सरकारले पञ्चायतको लोकप्रियता बढाउन यो कार्यक्रम लागु गरेको थियो तर, परिणाम उल्टो भयो) विद्यालय सुधारका लागि उनले गरेका प्रयाशहरु बर्णन गरिएको छ । महिलालाई साक्षर बनाउन भन्दै प्रौढ शिक्षा सुरु गर्दा महिलाहरुबाटै अवरोध भएको प्रसंग रोचक लाग्छ । पर्वतमा गुरुङको घरमा डेरा बसेका उनले घरबेटी गुरुङकै छोरीसंग प्रेम गरेका थिए । काठमाडौंको टिपिकल नेवार पर्वते गुरुङको छोरीको प्रेमलाई तत्कालिन समाजले स्वीकार्ने कुरै थिएन । उनले विवाह मार्फत आफ्नोे प्रेमलाई सार्थकता दिए । तर, त्यसपछि दिन पनि उनका लागि उती सहज भएन जति सोचेका थिए ।

गोरखापत्रमा जागिर खाएपछि उनले प्रशासनिक खर्च जोगाउन केही तौरतरिक अपनाए । उनले सुझाएको उपाय संस्थानका लागि राम्रो थियो तर, अनावश्यक खर्च कटौती गरेवापत उनले स्वावासी पाएनन् उल्टै खप्की खाएको प्रसंग छ । सरकारी संस्थान बिग्रनुको मुख्य जड के हो भन्ने कुरा रञ्जितको पुस्तक पढेपछि बुझिन्छ । यदी उनले सुझाएको उपाय अबलम्बन गरेको भए अहिले संस्थाको छबि अर्कै पो हुने थियो कि ?

गोरखापत्र संस्थानको जागिर छाडेपछि उनी विभिन्न एनजिओ आइएनजिओमा आबद्ध भए । जागरिसंगै संगै सर्वसाधारणलाई जागरुक बनाउने काम उनले गरे । तर, सर्वसाधारणलाई जागरुक बनाउने काम पवित्र भएपनि सहज थिएन । साना तिना वखेडा निकालेर पनि अवरोधहरु सिर्जना भइरहन्थे त्यस्ता अवरोधलाई उनले आफ्नै शैलिमा पार लगाउथे । पुस्तक पढ्दा उनले सफलतासंगै अवरोधहरु पनि पटक पटक आएको थाहा पाउन सकिन्छ । विदेश भ्रमणका सन्दर्भमा पनि थुप्रै रोचक घटनासंग साक्षात्कार गरेका छन् ।
हामी सोच्छौं उच्च शिक्षा हाँसिल गरेका सम्पन्न व्यक्तिले खासै अप्ठयारो परिस्थित सामना गर्न पर्दैन । उनको पुस्तक पढदा त्यस्तो लाग्दैन । क लेख्न सुरु गरेदेखी अवकास प्राप्त जीवनमा समेत संघर्ष नै गरेर बिताए ।

सारमा उनको यो पुस्तक केबल आत्मकथा मात्रै हैन यसमा भएका विभिन्न प्रसंगले तत्कालिन समयको राजनितीक परिवेश, सामाजिक संरचना र प्राकृतिक स्थिती’bout समेत जानकारी दिन्छ । फुर्सद लिएर पुस्तक पढनेले धेरै कुरा बुझ्ने अवसर पाउने छन् । उनका जीवनसंग जोडिएका प्रसंग त छ नै अन्य कतिपय राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रसंग समेतलाई पाठकले बोनसका रुपमा पढन पाउछन् । ’boutमा

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

कुरी-कुरी