काठमाडौं । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा शनिवार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले सास्कृतिक -याली निकालेको छ ।
-यालीमा ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष र ढाकाको सारी चोली लगाएका महिलाहरु सहभागी थिए । महिलाहरुले पञ्चै बाजा बजाएका थिए भने सहभागीहरु विभिन्न मौलिक भेषभूषामा सजिएर सहभागी थिए । पाका उमेरमा महिलाहरुले बाजा मध्ये बजाउन अप्ठायारो मानिने नर्सिङ्गा फुकेको दृष्य रोचक थियो ।
नेपाली समुदायले पछिल्लो केही वर्ष यता अंग्रेजी नयाँ वर्षलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन थालेका छन् तर, यो दिवस सर्वस्वीकार्य हुन सकेको छैन । आदीवासी जनजातीले दौरा सुरुवाल र ढाका टोपीको बढी प्रयोग भएकोमा असन्तुष्टि जनाउदै आएका छन् । हेरौं केही तस्विर ।








तपाइको प्रतिक्रिया
(Visited 489 times, 2 visits today)