१५ प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेका छैनन् । 

बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए।  २९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । 

दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ । बन्दसत्रमा प्रचण्डले भने, ‘१५ प्रतिशत बाँकी छ त्यसले बाँकी सबैलाई समेट्छ । विधानमै यो व्यवस्था छ । विधानअनुसार लागू गर्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर