गाउँमा रमाउँदै दयाहाङ राई

काठमाडौं । पुषको चिसोमा चलचित्रको छायाँकन कमै हुन्छ । तर अभिनेता दयाहाङ राई भने यतीबेला भोजपुरको बिकट एक गाउँमा नयाँ चलचित्र ‘गाउँ आएको बाटो’को छायाँकनमा व्यस्त छन् । नुमाफुङ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका नविन सुब्बाले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रको दुई साता अघिबाट छायाँकन सुरु भएको हो ।

गाउँ छाडेर लामो समयदेखि काठमाडौं बस्दै आएका अभिनेता दयाहाङ यतीबेला गाउँमा रमाएका छन् । लामो समयपछि गाउँले परिवेशमा काम गर्दा उनलाई निकै रमाईलो लागेको छ । यस अघि काम गरेको भन्दा फरक कथाबस्तु रहेको र आफ्नै परिवेशको चलचित्र भएका कारण पनि गाउँ आएको बाटोमा काम गरेको उनले बताएका छन् । यो चलचित्रको लागि उनले राई भाषाको प्रशिक्षण समेत लिएका छन् ।

यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बासहितका कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक नविन सुब्बाका अनुसार यो चलचित्रले गाउँमा विकाशपछिको अबस्थाको कथा प्रस्तुत गर्नेछ । सडक नपुग्दाको दुर्गम गाउँमा सडक र यातायात पुगेपछि आएको परिवर्तन नै फिल्मको मुख्य कथा रहेको पनि निर्देशक सुब्बाले बताएका छन् । एक दशक अघि फिल्म गुडबाई काठमाडौंको निर्देशन गरेका नविनले अहिले बल्ल यो नयाँ चलचित्र निर्देशन गरेका हुन् ।

यस अघि नविनले चलचित्र नुमाफुङमा लिम्बु समुदायको सुनौली र रुपौली परम्परालाई मुख्य कथाबस्तु बनाएका थिए । यस पटक पनि आफुले अहिलेको मुलधार भन्दा फरक मौलिक चलचित्र निर्माण गरिरहेको नविनको दाबी छ ।

मार्किन कापरोनले छायाँकन गरिरहेको यो चलचित्रमा महेश राई र नविन सुब्बाको लेखन रहेको छ । फिल्मको निर्माता अमोद राई हुन् । विभिन्न देशमा रहेका पाँच दर्जन भन्दा बढी व्यक्तिहरु यो फिल्ममा सह निर्माता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 666 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता