बडी बिल्डिङमा नेपालको नाम राख्ने महतोलाई सम्मान


सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ५ निवासी सुरेन्द्र महतोलेलाई स्थानियदेखि जनप्रतिनिधि सम्मले सम्मान गरे । एसिया बडी बिल्डिङ एण्ड फिट्नेश चयाम्पीयनसीप २०२१ र वल्ड डाइमण्ड कप बडी बिल्डिङ एण्ड फिट्नेश २०२१ प्रतियोगितामा सहभागि भएका महतोले तृतीय स्थान ल्याएर देशको गरिमा बढाएको भन्दै संघिय सांसद, वडा अध्यक्ष तथा स्थानियले लालबन्दीमा भव्य सम्मान गरे ।

मंगलवार लालबन्दी नगरपालिका वडा नं. ५को आयोजनामा वडा अध्यक्ष मोहनहरी भण्डारीले महतोलाई सम्मान गरेको छ । प्रमाणपत्र तथा नगद रु. ५ हजार दिई दोसल्ला ओढाई सम्मान गरेको वडा नं. ५ का वडा सदस्य पवित्रा विश्वकर्माले जानकारी दिए । एसीया बडी बिल्डिङ एण्ड फिट्नेश चयाम्पियनसीप २०२१ र वल्ड डाइमण्ड कप बडी बिल्डिङ एण्ड फिट्नेशमा महतोले तेस्रो स्थान ल्याएर विश्व सामु नेपाली झण्डा फहराएर नेपालको गरिमा बढाएको हुदाँ महतोलाई सम्मान गरेको वडा अध्यक्ष भण्डारीले बताए ।

सर्लाही क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य प्रमोद साहले पनि केहि दिन पहिला सम्मान गरेका थिए । यसैगरी लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिकाका स्थानियहरुले पनि महतोेको निजि निवास लालबन्दी नगरपालिका वडा नं. ५ मेजरगंजमा गई भव्य सम्मान गरेका थिए ।
भारतको नयाँ दिल्लीमा भएको एसिया बडी बिल्डिङ एण्ड फिट्नेश २०२१ विश्वका सात देशका सहभागि खेलाडीहरु थिए भने वल्ड डाइमण्ड कप बडी बिल्डिङ एण्ड फिट्नेश बडी बिल्डिङ २०२१ मा विश्वको २१ देशका खेलाडीहरु सहभागि भएका थिए जसमध्ये महतोले तेस्रो स्थान प्राप्त गरेका थिए ।

आफुले विश्वमा नेपालको नाम जोगाउन सफल भएको भन्दै उनले आफुलाई धेरै खुसि लागेको बताऐ । सबैको साथ सहयोगले आफू सफल भएको बताउदै खेलाडीहरुलाई नेपाल सरकारले खेल क्षेत्र अनुसारको व्यवस्थापन गर्नुपर्ने बताए । उनले अनलाइन मार्फत नेपाली खेलाडी तथा खेलक्षेत्रमा लाग्न चाहने युवाहरुलाई फ्रिमा तालिम दिने बताए ।

आफुले करिब १० वर्ष पहिलादेखि जिम गर्ने गरेको र बडी बिल्डिर बन्ने ईच्छा शक्ति रहेका कारण भारतमा गएर तालिम लिएको उनको भनाई थियो । नेपाल सरकारले सरकारी तर्फबाट जिमखानाहरुको व्यावस्था गरि निशुल्क जिम खेल्न पाउने व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

प्रतियोगितामा भारतले प्रथम र द्वितीय स्थान पाएको थियो भने र नेपालले तृतिय स्थान हासिल गरेको थियो । खेलकुदमा लगानी गरेर देशको नाम उच्च राख्न सकिने भएकोले सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्ने बताउदै आफ्ना सन्ततिलाई पनि खेलकुद क्षेत्रमा लगाउने महतोको योजना रहेको छ । महतोले अन्य विभिन्न प्रतियोगितामा पनि मेडल, प्रमाणपत्र जितेको खेलाडी महतोका दाजु बिरेन्द्र महतोले जानकारी दिए ।

सम्मान कार्यक्रममा वडा नं. ५ का वडा सदस्य भाग्यनारायण चौधरी पवित्रा विशवकर्मा, समाजसेवी धुव्र धुंगेल, वडा सचिव लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1,339 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार