चुनावमा कांग्रेसले कसैसँग पनि तालमेल गर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।

उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।’ थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब