बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ । जलेश्वर नगरपालिका ६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए । दुई किशोरीलाई सातजनाले सामुहिक बलात्कार गरेकोमा चार जनालाई नियन्त्रणमा लिइएको र फरार तीनजना प्रतिवादीको खोजतलास भइरहेको उनले बताए । उनीहरुमाथि प्रहरीले जवरजस्तीकरणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी अपराध अनुसन्धानका अनुसार उनीहरूको कपडामा वीर्यका दाग थिए । स्वास्थ्य परीक्षणको रिपोर्टमा पनि योनी सुन्निएको, हाइमन च्यातिएको उल्लेख छ । अस्पतालबाट प्राप्त उनीहरूको भेजिनलस्वाव परीक्षणका लागि प्रहरीको सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले यति तत्परता देखाए पनि पीडित परिवारको गरिबीको फाइदा उठाउँदै गाउँका केही बिचौलियाहरूले उतै मिलाउन दबाब दिएकोले प्रहरीलाई बयान र अुनसन्धानमा समस्या परेको छ ।

प्रहरी निरीक्षक बस्नेतले भने, ‘सामूहिक बलत्कारजस्तो जघन्य घटनामा पीडितलाई न्याय दिलाएरै छाड्ने प्रयासमा लागेका छौं ।’ गत १५ फागुन दुई बालिकालाई नियन्त्रणमा लिई उनीहरुले सामुहिक बलात्कार गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी