जुम्ला । जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । मनपरि रूपमा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामग्री हटाउने, तथा परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ ।
बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटललगायतका संरचना भत्काउन थालिएको हो । सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियानअन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तरर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।
अतिक्रमण हटाउने बहस सुरु भएको करिब एक दशकपछि मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राजबहादुर महतले बताए । उनले भने, ‘वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम ग-यौं तर सफल भएनौं ।’ अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ । आमनागरिक खुसी छौं । समान रूपले सडक अतिक्रमण हटाउन सबै जुट्नुपर्छ ।’
मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभाबी रूपमा राखिएका निर्माण सामग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिह्न लगाउने काम भएको छ । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भने, ‘सडक अतिक्रमण हटाउन हामी जुटिसकेका छौं । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाएका छौं । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ ।’ सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिकबाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्डअनुसार सडक १५ मिरट चौडा हुनुपर्ने हो । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो । तर, अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।
त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफैं व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक साताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ । यसअघि अतिक्रमण हटाउने बहस निर्णय भए पनि कार्यान्वयन नभए पनि अब सडक अतिक्रमण हटाउन आपूmले खुट्टा नकमाउने समेत प्रमुख श्रेष्ठको दाबी छ । अतिक्रमण बजार क्षेत्रसँगै जुम्लाको तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँसम्म पु¥याइने सडक डिभिजनले जनाएको छ । यता प्रमुख जिल्ला विजयाकुमारी प्रसाईंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् ।