कोरोना बढेपछि सरस्वतीको मुर्ति विक्री नहोला कि भन्ने चिन्ता

सप्तरी, राजविराज । कोरोना महामारी फेरी फैलिने त्रास मनमा बोकेर यहाँका कलाकारहरु सरस्वती पूजाका लागि मूर्ती बनाउन सुरु गरेका छन् ।

तर, कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र बन्दै गएपछि यसपाली सोचे जस्तो व्यापार नहुने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।

बिद्याकी देवी सरस्वतीको पूजा यसपल्ट माघ २३ गते आइतबारका दिन परेको छ । नजिकिदै गएको सरस्वती पूजाका लागि मूर्तीकारले नगरको सडक छेउ, दलान र भाडाको कोठा लिई करिब एक दर्जन स्थानमा मूर्ती बनाउनु सुरु गरेका हुन् ।

तर, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेको र नेपालमा पनि संक्रमित हुनेको संख्या बढ्दै गएपछि मूर्तीकारहरुमा चिन्ता थपिएको हो । विगत पाँच वर्षदेखी मूर्ती बनाएर जिविकोपार्जन गर्दै आएका राजविराज नगरपालिका ५ का चन्दन कुमार भन्छन्, ‘महँगो दरमा माटो, पराल, बाँस र रंग लगायतका सामाग्रि किनेर मूर्ती बनाउन थालेका छौं, तर कोरोनाको तेश्रो लहर फैलिने सम्भावनाले चिन्ता बढाएको छ ।’

अहिले ९५ वटा मूर्ती बनाउन सुरु गरेको बताएका उनले भने, ‘ऋण लिएर लगाएको पूजी र अत्याधिक चिसोका वावजुद गरिरहेको महिनेत दुबै खेर जाने हो की भन्ने चिन्ताले सताएको छ ।’

विष्णुपुर गाउँपालिका ५ गोरगामाका २८ वर्षिय मूर्तीकार श्यामकुमार मुखियाँले पनि राजविराजको अदालत रोडमा एउटा कोठा १० हजार महिनाको दरले भाडामा लिई सरस्वतीको मूर्ती बनाउन सुरु गरेका छन् । उनले ५५ वटा मुर्ती बनाउन सुरु गरेका छन् । तर, उनको पनि चिन्ता मुर्तीकार चन्दन जस्तै छ ।

उनी भन्छन्, ‘विद्याकी देवी सरस्वतीको पूजा विद्यालयका साथ साथै टोल टोलमा हुन्छ, यसका लागि विगतमा थुप्रै अर्डर पनि आउथे, तर यसपल्ट कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको हल्लाका कारण सोचे जस्तो कारोवार होला नहोला भन्ने चिन्ता छ । ’

मूर्ती बनाउने व्यवसायबाट भएको आम्दानीले परिवार पाल्नेदेखी लिएर छोराछोरीलाई पढाउने काम पनि गर्दै अँएको मुखियाले बताए ‘यस पल्ट यो व्यवसायले सोचे जस्तो आर्थिक लाभ दिने नदिने मनमा आशंका बढ्दै छ ।’

यस्तै चिन्ता अन्य मूर्तीकारहरुले पनि व्यक्त गरेका छन् । यूवा पुस्ता बैदेशिक रोजगारमा जाने होडबाजीका कारण यो व्यवसायी प्रभावित हुदै आएकोमा विगत दुई तिन वर्षयता कोरोनाले थप संकटमा पारेको मूर्तीकारहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी