बहसमा बुस्टर वा अतिरिक्त कोरोना खोप

पुस २० गते २ सयमाथि अर्थात् १ प्रतिशत रहेको संख्या ४ दिनमा २३ गते एकैदिन ९ सय ६८ अर्थात् ७.७ प्रतिशत संक्रमित थपिँदा कोरोनाको अवस्था विगत दुई महिनापछिकै उच्च भयो । नेपालमा पनि दक्षिण अफ्रिका हँुदै नेपाल भित्रिएका दुई जनामा ५५ वटा म्युटेसन भएको र स्पाइक प्रोटिनमा ३२ परिवर्तन भएको ओमिक्रोन पुष्टि भएको मंसिर १९ मा घोषणा भएको थियो । त्यस्तै पुस ७ गते तेस्रो ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको थियो भने पुस २३ गते थप २४ जनामा पुष्टि भएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमण दरले सुनामी ल्याउने विश्व स्वास्थ्य संगठनले चेतावनी २९ डिसेम्बरमा दिएको छ । विश्वभर दैनिक सक्रमित ९ लाख बढी थपिनु, युरोप र अमेरिकामा संक्रमितको संख्या आश्चर्यजनक ढंगले बढिरहेको छ । स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । स्वास्थ्यकर्मीमा चाप थपिएकाले संगठनका प्रमुख डा. टेड्रोस गेहब्रेयससले सो चेतावनी दिएका थिए । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन् । भारतमा ओमिक्रोन बढ्दै छ र रात्रीकलीन कफ्र्यु र विद्यालय, सिनेमाघर बन्द छन् ।

जोखिममा बालबालिका : अभिभावक विद्यालय बन्द हुँदा बच्चाहरू बिग्रिने, सिकाइ भद्रगोल हुनेमा चिन्तित थिए भने विद्यालय खुलेपछि दंग रहँदारहँदै पनि बच्चाहरूमा संक्रमण पो हुने हो कि भन्ने चिन्ता छ । खोप लगाइदिन पाए केही ढुक्क भइने थियो कि भन्नेमा धेरै अभिभावक छन् । मन्त्रालयको तथ्यांकमा पहिलो लहरमा १८ वर्षसम्मका २१ हजार ५ सय २३ संक्रमित र ३८ जनाको मृत्यु भयो भने दोस्रोमा ४५ हजार ३ सय ६७ संक्रमित र ५२ जनाको मृत्यु भएको छ । न्युयोर्कमा बिगत ४ सातामा ८० प्रतिशत बालबालिका संक्रमण भएर अस्पताल भर्ना भएका छन्, जसले बालबालिकालाई संक्रमण हुँदैन भन्नेलाई गलत सावित गरेको छ । दक्षिण अफ्रिकामा पनि खोप नलगाएकाले बालबालिकामा ओमिक्रोनको सम्भावना २० प्रतिशत बढी रहने देखाएको छ । रुघाखोकीका कारण विगत दुई सातामा बालबालिकाको भर्नादर उल्लेखनीय बढेको छ ।

न्युयोर्कमा विगत ४ सातामा ८० प्रतिशत बालबालिका संक्रमित भई अस्पताल भर्ना भएका छन्

ओमिक्रोन तथा आईएचयू’bout जनतालाई आतंकित पार्ने नभई सचेत र सुरक्षित बनाउनेतिर सरकारको ध्यान जान जरुरी छ


सन २०२२ को मार्चसम्म ५ वर्षदेखि ११ वर्षका सबैलाई खोप लगाइसक्ने लक्ष्य छ । नेपालमा १२ देखि १८ वर्षका ३४ लाख बालबालिका भएकाले ३ चरणमा सम्पन्न गर्नेगरी बालबालिकालाई लक्षित गर्दे पहिलो चरण १५ दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । पहाडी र दुर्गम जिल्लामा सय तथा तराई र सहरी इलाकामा २ सय विद्यार्थी भएपछि एक खोप केन्द्र मानेर जिल्ला स्वास्थ्यले समन्वय गर्दै स्थानीय प्रशासनबाट निर्णय गरेका छन् । त्यसो त यसअघि कात्तिकमा पनि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई १९ जिल्लाका अस्पतालबाट फाइजर खोप दिइएको थियो ।

सरकारले ५ देखि ११ वर्ष समूहका ३९ लाख ९५ हजार ८ सय ८६ जना बालबालिकालाई खोप दिने प्रक्रिया सुरु भएको छ । सन् २०२२ को मार्चसम्म खोप दिइसक्ने सरकारी योजना छ । पुस ६ गते फाइजरलाई पत्राचार गर्दै बालबालिकालाई दिन मिल्नेगरी आउन लागेको ६० लाख वयस्क खोपलाई गुलाबी खोपमा परिवर्तन गर्न सरकारले अनुरोध गरिसकेको छ । मोर्डनाको ४० लाख र कोभ्याक्सबाट आएको खोप ११ देखि १७ वर्षकालाई प्रर्याप्त हुन्छ ।

सरकारले हालसम्मकै बढी पौष १२ गते ५ लाख ६८ हजार ३ सय १९ जनालाई कोरोनाविरुद्धको खोप दिन सफल भएपछि उत्साहित हुँदै पुस मसान्तसम्म दैनिक ५ लाख नागरिकलाई खोप लगाउने र सरकारले ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा गर्ने बतायो । तर, त्यसपछिका दिनमा क्रमशः घट्दै गए । आजसम्म कुल जनसंख्याको ३७ प्रतिशतले पूर्ण र ५० प्रतिशतले एक डोज लगाइसकेका छन् । लक्षित अर्थात् १८ वर्षमाथिका ५६ प्रतिशतले पूर्ण र ७५ प्रतिशतलाई एक मात्रा दिई सकिएको छ ।

खोपको प्रभावकारिता : विश्वभरबाट प्रकाशित प्रारम्भिक अध्ययन रिपोर्टमा ओमिक्रोनको संक्रमणबाट जोगाउन अधिंकाश खोप विफल भएको तर जटिल प्रकारको कोभिड हुनबाट जोगाउने समाचार पुस ५ गते आएको छ । विश्वका धेरै स्थानमा उपलब्ध नभएका एमआरएनए प्रविधिमा आधारित जुनसुकै भेरियन्टविरुद्ध सुरक्षा प्रदान गर्ने दाबी गरिएका फाइजर र मोर्डनाका बुस्टरसहितका खोप भने केही हदसम्म संक्रमण फैलनबाट पनि रोक्नसक्ने देखाइएको छ । अधिकांश देशले प्रयोग गरिरहेका शरीरको रोग प्रतिरोधी प्रतिक्रियालाई जगाउने पुरानो विधिमा आधारित एस्ट्राजेनिका, जोन्सन तथा चीन र रसियामा उत्पादित खोपहरू संक्रमण फैलनबाट रोक्न अत्यन्तै थोरै सक्षम देखिएको छ । तथापि खोप लगाउने दर निकै कम भएका देशमा संक्रमण फैलिनुले थप नया“ भेरियन्टको उत्पति हुने डर बढेको छ ।
बेलायती वैज्ञानिकले डेल्टा र ओमिक्रोनबाट बच्न खोपको २ मात्राले नपुग्ने र थप एक मात्राले सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने करिब ६ सय जनामा अध्ययनअनुसार बताएका छन् । लन्डनस्थित इम्पेरियल कलेजले गरेको उक्त अध्ययनमा २ मात्रा खोप लगाएकामा एन्टिबडीको क्षमता २० देखि ४० प्रतिशतसम्म कमी आएका कारणले खोप ओमिक्रोनमा कम प्रभावकारी देखिएको जनाएको छ । तसर्थ, बुस्टर खण्डमा प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ । तर, डेल्टालगायतका अन्य भेरियन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ ।

बुस्टर डोजले एन्टिबडीको तह उच्च हुने, भाइरसको मात्रा बढ्न तथा कोषमा प्रवेश गर्न रोक्ने भएकाले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित रहने बेलायतका अनुसन्धानकर्ताले जनाएका छन् । ओमिक्रोनको जोखिम विश्वभर बढिरहेका बेला वैज्ञानिकले तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । उक्त एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ । यसका अतिरिक्त औषधी निर्माण कम्पनी फाइजरले विकास गरेको औषधीको गोली ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको १४ डिसेम्बर, २०२१ को कम्पनीको विज्ञप्तिमा छ । खोजमा संक्रमणका कारण अस्पताल भर्ना र मृत्यृ हुनेमा रोक्न ८९ प्रतिशतले कमी ल्याउँछ ।

नेपालमा अतिरिक्त मात्रा खोप : मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका, एचआईभी, उपचारका क्रममा प्रतिरोधात्मक क्षमता कम गराउने औषधी खाइरहेकाले उपचाररतको कागजसहित पहिलो जे खोप लगाएको हो त्यो र भेरोसेल वा सिनोफार्म लगाएको ३ महिना पुगेका ६० वर्ष माथिकालाई तेस्रो अर्थात् अतिरिक्त मात्रा खोप पुस २० गतेदेखि दिइँदै छ भन्ने समाचार भाइरल भयो । तथापि २४ घण्टा नहुँदै स्वास्थ्य मन्त्रालयले माघ मसान्तसम्मका लागि फिर्ता लिएको छ र सल्लाहबिना परिवार कल्याण महाशाखाले गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

सीडीसीले डिसेम्बर १३ मा १८ वर्षमाथिका लागि बुस्टर डोज, फाइजर वा मोर्डना खोप लगाएकोमा ६ महिनापछि र जोन्सन लगाएकामा २ महिनापछि बुस्टर डोज लगाउन प्रस्ताव गरेको छ । लक्षित जनसंख्यामा धेरैले पहिलो मात्रा नै नलगागाएका वा नपाएका बेला पूर्ण मात्रा लगाएका सहरियालाई बुस्टर डोज दिँदा नपाउनेलाई अन्याय हुन्छ, कुरा पनि न्यायोचित हुँदैन ।

नेपालमा करिब १० हजार आईसोलेसन, ४१ सय बढी एचडीयू, आईसीयू ३२ सय र भेन्टिलेटर १३ सय जति छन् । विश्वमा २ सय बढी देशमा संक्रमित २९ करोड ५७ लाख बढी र मृत्यु ५४ लाख ७६ हजार बढी भइसकेको छ । सुनामीका रूपमा संक्रमण फैलिए पूर्वाधार अप्रर्याप्त हुने भएकाले ओमिक्रोन तथा आईएचयू’bout जनतालाई आतंकित पार्ने नभई सचेत र सुरक्षित बनाउनेतिर सरकारको ध्यान जान जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी