साउदी राजकुमारी तीन वर्षपछि रिहा

रिहयाद । साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारण’bout अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् ।

उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।

उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 444 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित