किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

सप्तरी, राजविराज । किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् ।

यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा उपप्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समय र्मै मलखाद्य, विऊ विजनको व्यवस्था गर्न, हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु-याएको क्षती विवरण संकलन गरी क्षतीपुर्तीको व्यवस्था गर्न, किसान परिचय पत्रको व्यवस्था र किसानलाई पेनशनको व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै झुठा मुद्दम लगाई पक्राउ गरिएका किसानको अविलम्ब रिहाई, उखु किसानको भुक्तानी र सिचाई पुग्न नसकेका स्थानमा किसानका लागी निशुल्क विजुलीको व्यवस्थाका लागी पहल गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख झाले नगरपालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागी सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएको सो पार्टीले जनाएको छ ।

आफु किसान बिरोधी नरहेको नगर प्रमुख साहको स्पष्टोक्ति

हनुमानगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले जनमत पार्टीद्वारा आफु र आफनो पार्टीलाई किसान विरोधी भनी लगाइएको आरोपको खण्डन गरेका छन् । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त आरोपको खण्डन गरेका हुन् । गत पुष १० गते शनिवारका दिन जनमत पार्टीले हनुमानगर कंकालिनी नगरपालिका वडा ११ स्थित समुदायीक भवनमा किसानको मुदालाई लिएर कोण सभाको आयोजना गरेको थियो । उक्त सभामा वडा अध्यक्ष मोही यादवलाई लक्षित गरी जनमत पार्टीका नेता कार्यकर्ता गालिगलौजमा उत्रेपछि वडा अध्यक्ष पक्षधरले प्रतिवाद गर्दा कार्यक्रम विथोलिएको नगर प्रमुख साहको भनाई छ ।

उक्त घटनाको विरोधमा जनमत पार्टीले २ दिन अघि एक प्रेस विज्ञप्ती मार्फत किसानहरुको पक्षमा भईरहेको सभालाई वडा अध्यक्षले भाँडने काम गरेको. र त्यसमा नगर प्रमुख साहको पनि भुमिका रहेको आरोप लगाएको थियो । उक्त विज्ञप्ती मार्फत जनमत पार्टीले नगर प्रमुख साहकै निर्देशनमा आफना आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी झुठा मुदा चलाएको आरोप समेत लगाएको थियो । उक्त आरोपको खण्डन गर्दै नगर प्रमुख साहले आफु र आफनो पार्टी किसानको हितका लागी लडदै आएको दाबीका साथ जनमत पार्टीद्वारा लगाइएको सो आरोपमा कुनै सत्यता नभएको भनी पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेका छन् ।

जनमत पार्टीका कार्यकर्तालाई प्रहरी लगाएर आफुले पक्राउ गराएको भन्ने आरोप समेत अस्विकार गर्दै उनले भने“प्रहरीले अनुसन्धानका लागी कसैलाई पक्राउ गर्छ भने त्यसमा मलाई जोडनुको कुनै औचित्य छैन ।”
उनले किसानको समस्या’bout आफु पुर्ण जानकार रहेको बताउदै यसका लागी नगरपालिकाको श्रोत साधनले भ्याए सम्म सहयोग गरिरेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 573 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही