कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

मुम्बइ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ ।

त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ ।

केही दिन अघि महेश बाबु पछि ‘बाहुबली’ फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्था’bout अस्पतालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?