र्यापर लाहुरे थप १७ दिन थुनामा


पोखरा । लागु औषसम्बन्धी कसुरमा पक्राउ परेका -यापर आशीष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । आइतबार अदालतले १७ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । यसअघि ८ दिन थुनामा राखी अनुसन्धान गरिएको थियो । लागु औषधसम्बन्धी कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई छुट छ ।

पहिलो म्याद ८ दिन सकिएपछि अदालतमा १७ दिन माग गरिएकोमा दोस्रो पटक म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

लाहुरेसहित ४ जनालाई पुस १५ मा पोखरा न्यूरोडबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । ३२ वर्षीय लाहुरेमाथि ब्राउन सुगर सेवन गरेको अभियोग छ । पक्राउ पर्नेमा पोखरा २१ घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रुपा गाउँपालिका वडा ७ घर भइ हाल पोखरा १, बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका वडा ६ घर भइ हाल पोखरा ८, सभागृहचोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङसमेत हुन् ।

कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिक्कीको साथबाट लागुऔषध ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानक्रममा पोखरा सभागृहचोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । साथै सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग२१प ३३२३ नं.को स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लाहुरले आफू लागु औषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानक्रममा स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ९० दिन अवधिभित्र आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गर्नेछ । लागु औषध कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ । लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको लाहुरे, हाउडे, केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडा नम्बर–१५ बाट एकीकृत समाजवादीको आशा