कोभिड युनिफाइड अस्पतालका निमित्त प्रमुख भन्छन्, अस्पतालमा बिरामीको चाप बढ्यो

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अस्पतालमा बिरामी बढेकोले आवश्यक तयारी गरेको बताए ।

उनले भने, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौ ।’

संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनले स्पष्ट पारे । वीर अस्पतलामा उनले वीर अस्पतालमा १ सय वटा आइसीयु, १ सय वटा एचडियु, ३ सय वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट छ तयारी अवस्थामा राखिएको जानकारी दिए ।

कोभिडको तयारीको ’boutमा बिभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए । उनले सबैलाई कोभिडबाट बाँच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरे ।

कोभिड नियन्त्रणको लागि सरकारले खोप अगाडि बढाएको बताउँदै उनले सबैलाई खोप लगाउन समेत आग्रह गरे । मन्त्रालयको अहिलेको प्राथमिकतामा खोप र बिरामीको उपचार गर्ने भएको पनि बस्नेतले स्पष्ट पारे । कोरोनाको धेरै भेरियन्ट परिवर्तन भइराख्ने हुनाले डेल्टा भन्दा बढी ओमिक्रोन ट्रान्समिसन द्रुत गतिमा भइरहेको उनले बताए ।

जस्ले खोप लगाएका छन् यसको संक्रमण कम र खोप नलगाएकाहरुमा ओमिक्रोनको प्रभाव बढी देखिएको उनले जानकारी दिए । बस्नेतले ६० वर्ष माथिकालाई सबैभन्दा पहिला बुस्टर डोज दिने मन्त्रालयले तयारी गरेको जानकारी दिए । पछिल्लो समयमा सबै अस्पतालले आफ्नो क्षमता अभिवृद्धि गरेर आइसीयु, भेन्टिलेटर संख्या थप गरेको उनको भनाई थियो ।

अब कोरोनाको भयावह अवस्था नआउला भन्दै उनले आफू सचेत हुने र अरुलाई सचेत गराउन आवश्यकता रहेको औंल्याए । हरेक भाइरसको न्युटेशन नर्मल प्रक्रिया हो भन्दै उनले कुनै न्युट्रेसनले सिथिल बनाउँछ भने कुनैले आक्रामक बनाउने बताए । काठमाडौंमा सबै बिरामीलाई धान्न सक्ने अस्पतालको क्षमता बढाएको उनले स्पष्ट पारे । मन्त्रालयले अक्सिजनको अवस्था पहिला भन्दा धेरै राम्रो तयारी रहेको समेत बताए ।

नेपाल सरकारले तोकेको कोभिड–१९ सेन्ट्रल अस्पताल वीर अस्पताल भएको बताए । सरकारले तोकेका उपत्यकामा १३ वटा कोभिड अस्पताल रहेको जानकारी दिँदै उनले प्रदेशमा सातवटा कोभिड अस्पताल रहेको बताए । बिरामीको चाप र आवश्यकताको आधारमा अस्पताल थप भएर जाने समेत उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं