चितवन एमालेको अधिवेशन अनिश्चित

चितवन । नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकाे हाे ।

यसअघि अध्यक्षमण्डलले आज (सोमबार) नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा देखाएका छन् । अध्यक्षमा इच्छा देखाएका कमल पाठक उपाध्यक्षमा बस्ने बताएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेकाे नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जनाएका हुन् ।

सर्वसम्मतिबाट जिल्ला अध्यक्षसहित कार्यसमिति सदस्य चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा सदस्य निर्वाचनः कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धन विजयी हुने निश्चित

कुरी-कुरी