हत्या गरिएको अवस्थामा एक दम्पती फेला

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा एक दम्पतीलाई हत्या गरिएको अवस्थामा भेटिएको छ । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव निरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लागेको नांगो खुकुरी भुइँमा भेटिएको छ ।

उनकै पत्नी रीता धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था नभएको र ‘अनुसन्धान भइरहेको बताएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने