चिकित्सक नै संक्रमित भएपछि त्रास बढ्यो

राजविराज, सप्तरी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै अस्पताललाई तयारी अवस्थामा राख्न लागेकै बेला गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सक कोरोना संक्रमित भएका छन् ।

चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसँगै स्थानियमा पनि त्रास फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षिय एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ ।

दुई दिनअघि पनि भारतीय सीमासँग जोडिएको तिलाठी कोइलाडीकी एक ६० वर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित दुबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका प्रमुख यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथीका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएको बताए । जुन ५० प्रतिशत मात्र हो ।

त्यसमा पनि पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् । उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारि रहेपनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको जनाउँदै चिन्ता समेत व्यक्त गरे ।

‘सुरु सुरुमा खोप केन्द्रमा भिड व्यवस्थापन गर्न हम्मे पर्दथ्यो, तर अहिले खोजिखोजि लगाउनु पर्ने अवस्था छ ।’ उनले भने । खोपसहित वडा वडामा स्वास्थ्यकर्मीको टोली खटिएका छन्, उनले भने, तर खोप लिन आउनेको संख्यामा निकै कमी देखिन थालिएको छ ।

उनले मंगलबारसम्ममा सप्तरीका १८ वटै स्थानिय तहका स्वास्थ्य चौकीहरुमा २५ हजार खोप स्टकमा रहेको जानकारी दिदै खोप लिन बाँकी रहेकाहरुलाई खोप लिन सचेत गराइरहेको बताए ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिएको बताएका छन् ।

उनले अस्पताल परिसरमै अक्सिजन प्लान्टको स्थापना गरि उत्पादन सुरु गरिसकेको बताए । उक्त प्लान्टबाट २४ घण्टामा ९० देखी १ सय २५ सिलिण्डरसम्म उत्पादन हुन्छ, उनले भने, यस प्लान्टमा हुने उत्पादनले कोरोनाका बिरामीका लागि अक्सिजन पर्याप्त हुन्छ ।

यसका अलावा लिक्विड अक्सिजन ट्याङ्क, भेन्टिलेटर, आइसियु लगायतका पूर्वाधार पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले सीमानाकामा कडाई गर्न र हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण लगायतका गतिविधी प्रभावकारी ढंगले अघि बढाउन सरोकारवालाले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी