कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीलाई आगो लगाएर मार्ने अभियुक्त ७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने जयराम चमारको छोरा मुलयाम भन्ने सिकन्दर चमारलाई मङ्गलबार राती पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले चमारलाई पक्राउ गरेको थियो ।
चमारलाई नेपाल भारत सीमा स्थीत यशोधरा गाउँपालिका ६ रंङ्गपुर देखि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते ससुराली कृष्णनगर नगरपालिका ६ श्रीनगरमा श्रीमतीको हत्या गरी जलाएर फरार रहेका थिए ।
मृतक किश्लावती चमारको माइती घर देखी ३ सय मिटर टाढा अड्हरको खेतमा जलेको अवस्थामा शव फेला परेको थियो । घटना भएको २ दिन पछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।