बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

मड्रिड । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १-१ गोल गरे । बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १-१ गोल फर्काए ।

खेलको २५औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १–१ को स्थितिमा पुर्‍याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २-१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो । खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए ।

यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् । योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्