आईएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।

प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले दुईजनालाई उक्त छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने पनि जनाइएको छ ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा सशुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्व हुनुपर्ने जनाइएको छ ।

यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहने बताइएको छ । सो छात्रवृत्तिका लागि इमेलमार्फत आवेदन दिन सकिने फाउन्डेसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व