वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारण सभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले निर्वाचनसहितको साधारण सभा शुक्रबार (३० पुस)मा सम्पन्न गर्ने तयारी गरेको थियो ।

सोही तयारीअनुसार मनोनय दर्तादेखि उम्मेदवारी फिर्ता एवं आपसी सहमतिको प्रयासलगायत सबै प्रक्रिया जारी रहेकै बेला एक्कासि स्थगित गरिएको हो । संघको इतिहासमै पहिलोपटक दुई वर्षे नेतृत्व छनोटका लागि सबै दल निकट व्यवसायी मिलेर सर्वसहमतिमा आगामी नयाँ नेतृत्व छनोट गर्ने सहमतिमा व्यवसायी पुगेका थिए । तर, सहमतिविपरीत उम्मेदवारी परेपछि र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको दर बढेर उच्च भएको कारण देखाउँदै निर्वाचन समिति नै भंग गरेर संघले साधारण सभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास विफल

संघमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण मिलाउन संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुनेगरी पद बाँडफाँडको निर्णय गरेपछि संघमा निर्वाचन नहुने भनिएको थियो । तर, सहमतिविपरीत अध्यक्ष, सचिव तथा सदस्यमा उम्मेदवारी परेपछि निर्वाचन रोकिएको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

यसअघि भएको सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच जना सदस्य पाउने तयको थियो । त्यसैगरी, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीन जना सदस्य र एक जना सल्लाहकार तथा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीन जना सदस्य र एक जना सल्लाहकार पाउने सहमति भएको थियो ।

त्यसैगरी, माओवादी निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य, एक जना सल्लहकार तथा समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एकजना सल्लाहकार लिनेगरी भागबन्डा गरिएको थियो ।

तर, निर्वाचन प्रक्रिया सुरु भएपछि माओवादी निकट मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भन्तनाले अध्यक्षमा उम्मेदवारी दिएपछि एकाएक माहोल फेरिएको थियो । अध्यक्ष पदमा एसोसिएसनका तर्फबाट संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङसहित भान्तनाको उम्मेदवारी परेपछि बुधार बिहानसम्मको सहमति खोज्ने प्रयास विफल भएपछि निर्वाचन प्रक्रिया नै संघले स्थगित गरेको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

अध्यक्षका उम्मेदवार भान्तनाले उम्मेदवारी दर्ता भएपछि उम्मेद्वारबीच सहमति गर्नुपर्नेमा राजनीतिक दल निकट संस्थालाई भागबन्डा गरेर पद बाँडफाँड गर्दा संघमा राजनीतिमा सक्रिय चासो नहुने व्यवसायीको अपनत्व नहुने खतरा बढ्ने भन्दै भागबन्डा गर्नु अनुचित भएको दाबी गरिरहेका छन् । उनले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान गरेपछि सहमतिको आधारमा नेतृत्व चयन हुने निर्वाचन नै रोकिएको हो ।

सहमतिका लागि एसोसिएसनका तर्फबाट अन्य पदमा उम्मेदवारी दिएकाहरूले फिर्ता लिने घोषणा गरे पनि अन्तिम अवस्थामा आउँदा अध्यक्ष पदमा सहमति नभएपछि निर्वाचन रोकिएको महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

यसैगरी, सचिवमा कांग्रेस निकट एसोसिएसनका आधिकारिक उम्मेदवार प्रज्ञान न्यौपानेविरुद्ध केशव न्यौपाने तथा नरेन्द्रप्रसाद ढकालविरुद्ध इन्दिरा गुरुङको उम्मेदवारी परेको थियो । अनिश्चित काल अथवा अर्को सूचना जारि नभएसम्मका लागि निर्वाचन स्थगित गरेको संघले कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारीसहित निवेदन दर्ता गराइसकेको छ । ‘कोरोना महामारीको यस्तो असहज अवस्थामा निर्वाचन गर्न सम्भव नहुने भएपछि अर्को सूचना नभएसम्मका लागि सधारण सभा स्थगित गरेका हौं,’ महासचिव श्रेष्ठले भने ।

यस्ता थिए उम्मेदवारी दिने व्यवसायीहरू
वैदेशिक रोजगार व्यवसायी संघको आगामी नयाँ नेतृत्व चयन गर्ने निर्वाचनका लागि अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ र माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाको उम्मेदवारी परेको भए पनि प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र महासचिव पदमा भने एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्षका प्रत्यासी उम्मेदवार भुवनसिंह गुरुङ गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक हुन भने मञ्चका पूर्वअध्यक्ष भन्तना रोज ओभरसिज प्रालिका सञ्चालक हुन् । यदि सहमतिकै आधारमा सो निर्वाचन सम्पन्न भएको भए प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका प्रमेश्वर अधिकारी र महासचिवमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजाल निर्विरोध निर्वाचित हुँदै थिए ।

सो निर्वाचनका लागि संघको तृतीय उपाध्यक्षमा अख्तर हुसैन र संघका कार्यसमिति सदस्य कर्णराज कटुवालले पनि उम्मेदवारी दर्ता गराएका थिए । सचिवमा एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने र केशवराज न्यौपानेको उम्मेदवारी परेको थियो । त्यसैगरी, कोषाध्यक्षमा एसोसिएसनका वर्तमान अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष इन्दिरा गुरुङको उम्मेदवारी दर्ता भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा पनि सहमतिबेगर एकीकृत संगठनका अनिल बोगटी र गणेश कुँवर, कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चका केदारनाथ अधिकारी, चन्द्रबहादुर लिम्बु, प्रगतिशील मञ्चका तर्फबाट मिलन कट्टेल, सोमबहादुर तामाङको उम्मेदवारी दर्ता भएको थियो । एसोसिएसनका तर्फबाट मोहम्द जुनैद, जंगबहादुर इजम, राजेन्द्र अधिकारी, हर्कबहादुर लिम्बु, कैलाश पाठक, प्रेमराज लावती, प्रकाश बोहरा, नगेन्द्रप्रसाद पोखरेल (नवीन), विक्रम श्रेष्ठ, लक्ष्मण पौडेल, विजयकुमार कार्की, ऋषिराम कँडेलको उम्मेदवारी परेको थियो ।

संघका कार्यवाहक अध्यक्ष कमल तामाङले सर्वपक्षीय सहमतिपछि पनि उम्मेदवारी दर्तामा सोअनुसार नहुनु अत्यन्तै दुःखद भएको बताए । सहमति जुटाउन नै पटकपटक उम्मेदवारी फिर्ता लिने समय थप गराएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आफू कोरोनाको पीडाबाट गुज्रिएका व्यवसायीलाई राहत दिनका लागि विगत साता दिनदेखि अनवरत रूपमा सहमति जुटाउन लागेको बताए ।

सहमतिको उच्चतम प्रयास गर्दागर्दै अध्यक्षमा सहमति नजुट्नु नै चिन्ताको विषय भन्दै उनले कार्यसमितिको अवधि लम्ब्याउन निर्वाचन सारेको आरोप लगाउनु पूर्वाग्रही दृष्टिकोण भएको बताए । ‘पदको आकांक्षी रहेको भए स्वतः अध्यक्षको उम्मेदवार बन्ने अवस्थामा सर्वपक्षीय सहमतिको मिहिनेतमा लाग्नु किन प¥यो ? अध्यक्षमा सहमति भएको भए कार्यसमितिका अन्य पदमा स्वतः सहमति हुने अवस्था थियोे ।’ उनले अध्यक्षमा नै नमिल्दा समस्या भएको बताए । सहमतिविपरीत अध्यक्षमा उम्मेदवारी दिएका भन्तनालाई सहमतिमा ल्याउन पहल नगर्नेले अहिले यस्तो आरोप लगाउनुको अर्थ छैन ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी