प्रधानमन्त्री देउवा नियमित काममा

काठमाडौं । एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा निस्केका छन् । शुक्रबारलाई मन्त्रिपरिषदको बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अरु कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम छ ।

बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो । गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बस्नुभएका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी हुनुभएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोभिडको लक्षण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

कुरी-कुरी