हलो, कोदालोसहित सप्तरीमा जनमत पार्टीको प्रदर्शन

सप्तरी, राजविराज । किसानसँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रेको सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार राजविराजमा -यालीको आयोजना गरेको छ ।

गाउँ गाउँबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामाग्रीसहित हजारौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा -यालीको आयोजना गरिएको हो ।

राजविराजस्थित राजरंगशालामा जम्मा भएका -यालीका सहभागिहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । गजेन्द्र चोकमा पुगेर आयोजित सभालाई जनमत पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजित यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले सम्बोधन गर्द किसानहरुको माग पुरा नगरिए अझै सशक्र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाएर कारवाही चलाएको भन्दै त्यस्तो मुद्दा अविलम्ब फिर्ता लिन माग समेत गरेका छन् । किसानलाई परिचयपत्र बनाई पेन्सनको व्यवस्था, बाली नाली विमाको सुनिश्चितता, समयमै मलखाद, विउविजनको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरिय समितिको गठन, प्रहरीले पक्राउ गरेका आन्दोलनकारीहरुको रिहाई लगायतका माग उनीहरुले अघि सारेका छन् ।

¥याली अघि पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई किसानहरुसँग सम्बन्धीत माग पुरा गराउन ज्ञापनपत्र समेत बुझाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

कुरी-कुरी