बारा । कलैया उपमहानगरपालिकाले आठौ नगर सभा सम्पन्न भएको छ । उपमहानगरपालिकाको सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि नगरसभाको आयोजना गरिएको हो ।
नगरप्रमुख राजेश राय यादव र प्रमुख प्रशासयिक अधिकृतले सयुक्त रुपमा पानसमा बत्ति बालेर नगरसभाको उद्धघाटन गरेका हुन् । आठौ नगरसभामा २७ वटै वडाका जनप्रतिनिधिको सहभागिता रहेका थियो ।
चुनाव जितेको पाँच वर्ष कार्यकाल विकास निर्माण मै बितेको नगरप्रमुख यादवले बताए । एउटा व्यक्तिले सबै थोक गर्न सम्भव नभएको उनले बताए । विकासको लागि सबैको हातोमालो गरि अघि बढे मात्र सम्भव हुने यादवको भनाई थियो ।
जनप्रतिनिधिको पाँच वर्षको कार्यकालमा कुनै किसिमको बाधा अडचन नहुनु नै सफल कार्यकालको सकेत रहेको प्रमुख प्रशासकिय अधिकृत नाथु साहको भनाई थियो । चुनाव जितेर आएका जनप्रतिनिधिहरु कार्यलयको कामकाज ’bout अनविज्ञ रहेको बेला कर्मचारीहरुले सहि दिशा निर्देश गर्दा नै स्थानिय तह सफल भएको उनले बताए ।
प्रमुख प्रशासकिय अधिकृतले नीति कार्यक्रम पढेर सार्वजनिक गरेका थिए । लेखा प्रमुख दिब्या सरार्फले स्वागत गरेको कार्यक्रमको सन्चालन कृषि शाखा प्रमुख सुरेश धमलाले गरेका थिए । नगर सभाको बैठक आईतवार ११ बजे फेरि बोलाईएको नगर प्रमुख यादबले जनाएका छन ।