अन्तुको चिया कारखानामा आगलागी


इलाम । इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।

इलाम टी प्रोर्डयुस प्रा.लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।

आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए । आगलागी हुँदा त्यहाँ भएको संरचना सबै जलेर नष्ट भएको छ । क्षतिको बिवरण संकलन गर्न भने वाँकी रहेको छ । आगलागिको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केहि संरचना भत्काईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता