Sunday, September 27, 2020
Home प्रदेश सम्बन्ध विच्छेद गराउन अदालत धाउने पुरुष बढे

सम्बन्ध विच्छेद गराउन अदालत धाउने पुरुष बढे

दार्चुला ।  मुलुकी देवानी संहिता लागू भएपछि दार्चुलामा सम्बन्ध विच्छेद गर्ने पुरुष बढेका छन् । २०७५ भदौ १ गतेदेखि ऐन लागू भएको हो । ऐन लागू भएसँगै जिल्ला अदालत दार्चुलामा गएर सम्बन्ध विच्छेद गर्ने पुरुष बढेका छन् ।
मुलुकी देवानीसंहिता लागू हुनुपर्व जिल्लामा पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेको रेकर्ड थिएन्, ।

देवानी संहिता लागू भएपछि श्रीमतिबाट पीडित भएका पुरुषहरुले सम्बन्ध विच्छेदको लागि मुद्धा दिने क्रम बढेको हो । जिल्ला अदालतमा आएर मुद्धा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका, कामको सिलसिलामा घर बाहिर रहेका तथा सुरक्षाकर्मीहरु पनि छन् ।

जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी हेमन्त भाटका अनुसार आर्थिक वर्ष ०७५।०७६ मा १० पुरुष र १५ जना महिलाले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गराएका थिए । यस्तै चालू आर्थिक वर्षको फागुनसम्म १४ महिला र १३ जना पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दायर गरेका छन् ।

तुलनात्मक रुपमा नयाँ संहिता लागू भएपछि पुरुषहरु सम्बन्ध विच्छेदको लागि बढि आउन थालेको जिल्ला न्यायधिश गिरीराज गौतमले बताए । ‘पुरुषले सोझै सम्बन्ध विच्छेदको लागि मुद्धा दायर गर्न पाउने व्यवस्थापछि जिल्ला अदालतमै मुद्धा बढेका छन्, ।’ उनले भने ।

महिलाले मात्रै सम्बन्ध विच्छेदको लागि मुद्धा दिँदा १०।१५ वटा सम्बन्ध विच्छेदका मुद्धा हुन्थे, गत भदौदेखि देवानी संहिता कार्यान्वयनमा आएसँगै अदालतमा पुरुष सम्बन्ध विच्छेदका मुद्धा बढेका हुन् ।
मुलुकी देवानी संहिता ऐनको परिच्छेद ३ को धारा ९४ मा पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गर्न सक्ने प्रावधान राखिएको छ ।

उक्त धारामा भनिएको छ, कानुनबमोजिम अंश लिई वा मानो छुटिई पति पत्नि भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढि समयदेखि अलग बसेको हुनुपर्ने उल्लेख छ ।
यस्तै पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंग भंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान राखिएको छ ।

पहिलेको तुलनामा कानुनमा पुरुषले सम्बन्ध बिच्छेदको लागि सरल बाटो खोलिदिएकै कारण मुद्धा संख्या बढेको बताउनुहुन्छ, अधिवक्ता गगनसिह धामी । ‘पहिले महिलाले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गर्न सजिलो थियो,’ उनले भने, देवानीसंहिताले पुरुषलाई समेत मुद्धा दर्ताको लागि सरल बाटो खोल्यो ।

जिल्लाका अधिकांश पुरुष बैदेशिक रोजगारीमा जाने गर्छन् । पति बैदेशिक रोजगारीमा जान्छन, भने पत्नी बालबच्चा पढाउन सदरमुकाममा बस्छन् । बजारको फेसन, रहनसहनले परिवर्तन खोज्छन, धामीले भने, पतिले कमाएको रकमले नपुगेपछि विकल्प खोज्दै जान्छन् र दुवै जनाबीच सम्बन्ध विच्छेदको अवस्था पुग्ने गर्छन् ।

पति र पत्नीबीच हुने सम्बन्ध विच्छेदका कारण तिनीहरुका बालबालिकामा भने नकारात्मक असर देखा पर्ने भनाई छ अधिवक्ता धिरेन्द्र साउँदको । बालबच्चा सानै हुँदा आमा बुवाले सम्बन्ध विच्छेद गर्दा उनीहरुको प्रत्यक्ष मानसिक असर बालबालिकामा पर्ने गरेको उनको भनाई छ ।

कयौं बालबालिका आमा बुवाको सम्बन्ध विच्छेद हुँदा अदालतमै रुने र अभिभावक विहिन भइरहेका छन, अधिवक्ता साउँदले भने । झन बुवाले समेत सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेपछि यसको असर झन बालबालिकामा देखिन पुगेको छ ।

श्रीमान र श्रीमति बीच अविश्वास उत्पन्न हुदै जाँदा पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्धा बढेका छन् । पछिल्ले समय सामाजिक सञ्जाल, मोवाइल, इन्टरनेटजस्ता, कारणले सम्बन्धविच्छेका घट्नाहरु बढेको सरोकारवाला बताउँछन् ।

 

(Visited 86 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको निधन

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच,...

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९...

१९औं अनसनको तेह्रौं दिन : कस्तो छ केसीको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा....

नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या...

भर्खरै

कृषि अनुदानलाई यसरी प्रभावकारी बनाउन सकिन्छ

मानव शरिरको लागि चाहिने बहुसंख्यक पोषकतत्वहरु कृषि उपजबाट नै प्राप्त हुन्छ । त्यसैले यो मानिसको उत्पत्तिसँगै प्रचलनमा आएको आदिम पेशा हो । नेपालीहरुको प्रमुख...

जनरल इन्सुरेन्सको आइपीओ खुल्यो, मेरो शेयरमा समस्याले भर्न तनाब

काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आइतबार ११ असोजबाट आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

टिकटक स्टार अकेशा पोखरेलले अभिनय गरेको दसैं गीत

काठमाडौं । दसैको छेको पारेर गीत आउने क्रम बढिरहेको छ । यस्तैमा बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै दसैं गीत...

धेरै पढिएका

मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई...

क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले...

सरकारी अस्पतालमा बिरामीको कन्तबिजोग

काठमाडौं । समय : दिउँसो १ः३० बजे, बिहीबार, स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु अस्पताल...

बिप्लबका सेक्रेटरी सहित उदयपुरको कटारीबाट १५ जना पक्राउ

उदयपुर, २९ फागुन । धनुषाबाट अपहरणमा परेकी बालिका सहित अपहरणमा संलग्न रहेको १५ जनाको समुहलाई हतियार सहित उदयपुर प्रहरीले पक्राउ गरेको छ । सशस्त्र...

ई-पेपर

(Visited 63 times, 1 visits today)