रौतहटका निवेश यादव बने एमालेको देशकै कान्छा जिल्ला सदस्य

काठमाडौं । पछिल्लो समय नेपालका राजनीतिक दलहरुका तल्लो कमिटी देखि केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयन भईरहँदा युवाहरुको उल्लेखनीय सहभागिता बढेको छ । 

एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरुबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । यस्तै उदाहरण बनेका छन्, रौतहटका निवेश यादव । 

२२ वर्षीय यादव गत आइतबार राति सम्पन्न एमाले रौतहटको ९ औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उनी हाल सम्पन्न जिल्ला अधिवेशनहरुबाट निर्वाचित एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका हुन् । यस अघि बाजुराकी समिक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य भएकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।

२०५५ साल फागुनमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रुपमा काम गरेका उनलाई यही पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफु अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषयहरु उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । विगत दुई वर्षदेखि उनी भुगोल केन्द्रीत राजनीतिमा सक्रिय छन् । 

गाउँकै सरकारी विद्यालयबाट एसएलसी पास गरेका उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । यादवले करिब ४ वर्ष राष्ट्रिय स्तरमा पत्रकारिता समेत गरेका छन् । एपीवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब २ वर्ष संवाददाताको रुपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् । 

पत्रकारितामा सक्रिय रहेका बेला ग्लोकल नामक नेपाली कम्पनीले केही वर्ष अगाडि २० वर्ष मुनिका उत्कृष्ट २० नेपाली युवाहरुको सुची सार्वजनिक गर्दा यादव पनि त्यसमा परेका थिए । केपी ओली नेतृत्वको सरकारमा प्रभु साह शहरी विकास मन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । उनै निवेशा यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भएका थिए । नेकपा विघटनपछि उनले ओलीलाई साथ दिने भनी एमालेमै रहे । अहिले एमालेको देशकै कान्छा जिल्ला सदस्य बन्दै यादवले युवा राजनीतिमा बलियो रेकर्ड बनाएका छन् । 

जिल्ला सदस्य निर्वाचित भएपछि उनले प्रतिक्रिया जनाउदै भने, ‘ऐतिहासिक जिम्मेवारी दिदै मलाई पार्टीको जिल्ला सदस्यमा निर्वाचित गराउनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु । सबैभन्दा महत्वपूर्ण पक्ष के छ भन्नुहुन्छ भने नवनिर्वाचित कमिटीमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति छ । हाम्रो पार्टीले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न तथा मुलुकमा समाजवाद स्थापना गर्न युवा पिढी मुल नेतृत्वमा आउने मैले विश्वास लिएको छु । पार्टीको निर्देशन र समाजप्रति मेरो दायित्वको पूर्ण पालना गर्दै मैले आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर