कैलाली । नेपालमा खेल क्षेत्रमा वर्षेनी करोडौं बजेटको लगानी हुने गरेको छ । तर लगानी भए अनुसार यो क्षेत्रमा प्रतिफल कति आएको छ भनेर खासै चासो देखाइएको पाइँदैन ।
धेरैलाई त खेल क्षेत्रका ’boutमा त्यति चासो पनि हुँदैन । कयौंलाई त झन खेल क्षेत्रमा लागेर ख्याती र पैसा कमाइन्छ भन्ने पनि खासै थाहा हुँदैन । तर पछिल्लो चरणमा भने खेल क्षेत्रमा मानिसहरुको चासो बढेर गएको छ ।
पछिल्लो पुस्ता खेल क्षेत्रमा स्वास्थ्यका लागि त लागि परेकै छ त्यसमा पनि हालको पुस्ता इज्जत तथा कमाइका लागि पनि लागि परेको देखिन थालेको छ । पछिल्लो पुस्तालाई खेलमा लाग्नका लागि यहि पुस्ताले नै उत्साहित बनाइरहेको छ ।
यसैबीच कैलालीको टिकापुरमा स्टार तेक्वान्दो नेपालले तेक्वान्दो खेलको आयोजना गरेको छ । एक समारोहका बीच तेक्वान्डो अवार्ड प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट छात्र अवार्ड पुष्कर कुँवर र छात्रातर्फ प्रशंसा शाहुले हात पारेका छन् ।
प्रतियोगितामा विभिन्न क्षेत्रबाट खेलाडीले भाग लिएका थिए । सुदूर पश्चिमकै नमूना एकेडेमी स्टार तेक्वान्दोले अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराउँदै आएको छ । प्रशिक्षार्थीहरुलाई अल इन्डिया तेक्वान्दोको हेडकोच भैसकेका प्रकाश जैगडीले प्रशिक्षण गराउँदै आएका छन् ।
अन्तराष्ट्रिय गोल्ड मेडल प्राप्त गरिसकेका जैगडी भन्छन्,‘अहिलेको आधुनिक र प्रतिष्पर्धाको युगमा तेक्वान्दो जगत पनि विश्वव्यापी रुपमा प्रतिष्पर्धामा छ ।तेक्वान्दो खेल युवाहरूका लागि शारीरिक तथा मानसिक विकासका लागि उत्तिकै महत्वपूर्ण छ । तेक्वान्दो खेलको थप विकासका लागि राज्यले पनि महत्वपूर्ण भूमिका निभाउनुपर्ने जैगडीको भनाई रहेको छ । जैगडी विगत २५ वर्षदेखि निरन्तरपमा यस क्षेत्रमा कृयाशील छन् ।
उनले नेपालमा दुई वर्षदेखि तेक्वान्डो प्रशिक्षण गराउँदै आएका छन् । जैगडीले सञ्चालन गरेको स्टार तेक्वान्दोको शाखा भारतको गोवामा पनि छ ।
स्टार एकेडेमीमा प्रशिक्षण लिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गोल्ड मेडल प्राप्त गरिसकेका छन् । आगामी दिनमा नेपालका थप क्षेत्रहरुमा पनि यसको शाखा विस्तार गर्ने जैगडीले बताए ।