ओमिक्रोन परीक्षण गर्ने प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता

धनगढी। सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दर निरन्तर बढिरहेको छ ।संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किने रहेका छन् । भारतका साथै विश्वका अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिरहेको छ ।

सुदूरपश्चिममा पनि नयाँ भेरियन्टको संक्रमण फैलिने खतरा उच्च रहेको भएपनि भेरियन्ट पत्ता लगाउने प्रयोगशाला नहुँदा समस्या भएको छ । हाल शंकास्पद स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको छ । तर, उताबाट ढिला गरी रिपोर्ट आउने गर्ला समस्या भइरहेको जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

हालसम्म संकलित स्वाब मध्ये परीक्षणका लागि एक सय ६४ स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । तर, १८ स्वाब परीक्षण गर्दा ओमिक्रोन देखिएको छैन भने बाँकी एक सय ४६ नमूना परीक्षणको क्रममा रहेको सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले बताए । ‘पठाएको नमूनाको रिपोर्ट आउन १०÷१५ दिन लाग्छ,’ उनले भने, ‘अहिलेसम्म प्रदेशमा ओमिक्रोनको संक्रमण देखिएको छैन ।’

सुदूरपश्चिममा भेरियन्ट पत्ता लगाउने प्रयोगशाला नहुँदा स्वाब काठमाडौं पठाउनु पर्ने बाध्यता रहेको हो। प्रदेश सरकारले पनि आफ्नै क्षेत्रमा उक्त प्रयोगशाला सञ्चालन गर्ने कुनै तयारी गरेको छैन । विगतभन्दा ओमिक्रोन भेरियन्टले मानव स्वास्थ्यमा बढी असर गर्ने भनिएका बेला प्रदेशमै प्रयोगशालाको आवश्यकता देखिएको छ ।

राष्ट्रिय प्रयोगशालामा पठाइएको नमूनाको रिपोर्ट पनि धेरै समयपछि मात्रै आउने गरेको छ । प्रदेशमा पोजेटिभ देखिएका सबै नमूनाको ओमिक्रोन परीक्षण समेत हुने गरेको छैन । पर्याप्त मात्रमा ओमिक्रोनको परीक्षण नहुँदा भित्रभित्रै संक्रमण फैलिने खतरा बढ्न थालेको छ ।
अहिले प्रदेशमा एन्टीजेन र पीसिआरमार्फत कोरोना परीक्षण भइरहेको छ । यो परीक्षणमा पोजेटिभ देखिएका केही स्वाबलाई मात्रै काठमाडौं पठाउने गरिएको छ । प्रदेशमै भेरियन्ट पत्ता लगाउनका लागि आर्थिक स्रोत बढी लाग्ने देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । ‘कोभिडको भेरियन्ट पत्ता लगाउनुभन्दा पनि कोरोना परीक्षण गर्नु नै राम्रो हो,’ उनले भने, ‘जुनसुकै भेरियन्ट भए पनि सजक हुन आवश्यक छ ।’

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण