युभेन्ट्सको सहज जित

सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ । मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे ।

घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डाेर्‍याए । पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी