‘चलचित्रको छायांकनमा रोक लगाइएको छैन’

काठमाडौं । कोरोनाको महामारी भन्दै धमाधम चलचित्रको छायांकन पनि रोकिन थालेको छ । तर, सरकारले चलचित्रको छायांकन रोक्न आदेश नदिएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

आइतबारबाट यही १५ माघसम्म सरकारले मुलुकका सबै सिनेमा हल बन्द गराएको छ । कोरोनाको महामारी बढेको भन्दै सरकारले यस्तो निर्देशन दिएको हो । साथै, सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम पनि लागू गरेको छ । सोही कारण चलचित्रकर्मीहरू आफ्नो चलचित्रको छायांकन रोक्ने कि निरन्तर गर्ने भन्ने अन्योलमा छन् ।

यतिबेला दुईवटा नेपाली चलचित्र ‘म’ र ‘लाखे’को छायांकन काठमाडौंमा भइरहेको छ । निर्देशक सुवर्ण थापाले केही समयअघि चलचित्र ‘म’को छायांकन गरिरहेका छन् । यस्तै, एक सातादेखि चलचित्र ‘लाखे’को पनि काठमाडौंमा छायांकन भइरहेको छ । यस्तो अवस्थामा छायांकनलाई निरन्तर अघि बढाउन चलचित्र विकास बोर्डले आग्रह गरेको छ ।

तर, चलचित्रकर्मीहरूले २५ जनाभन्दा कम कलाकार तथा प्राविधिकका टिम बनाएर छायांकन गर्न सक्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

‘सरकारले चलचित्रको छायांकन गर्न रोक लगाएको छैन । २५ जनाभन्दा कमको टिम बनाएर सामाजिक दूरी कायम गर्दै कोरोनासम्बन्धी सुरक्षा मापदण्डलाई पालना गरेर अहिले पनि छायांकन गर्न सकिन्छ ।’ बोर्ड अध्यक्ष दाहालले मंगलबार सञ्चारकर्मीसँग भनेका छन् ।

सिनेमा हल बन्द भए पनि चलचित्र उद्योगलाई चलायमान बनाउन अध्यक्ष दाहालले चलचित्रको छायांकन नरोक्न आग्रह गरेका छन् । तर, २५ जनाभन्दा बढीको टिम छायांकनमा प्रयोग नगर्न र सरकारी नियमको पूर्ण पालना गर्न पनि उनले अनुरोध गरेका छन् । दाहालका अनुसार २५ भन्दा बढी कलाकारको टिम हुने दृश्यपछि छायांकन गर्ने हिसाबले त्योभन्दा सानो टिममा सम्पन्न हुने छायांकनलाई निरन्तर अघि बढाउन पनि उनले चलचित्रकर्मीलाई आग्रह गरेका छन् ।

यदि कोरोनाको सुरक्षासम्बन्धी सरकारले तोकेको मापदण्ड पूरा गरेर २५ जनाभन्दा कमको उपस्थितमा भइरहेको छायांकन रोक्न कतैबाट दबाब आउँछ भने आफूलाई फोन गर्न पनि अध्यक्ष दाहालले आग्रह गरेका छन् ।

यसरी छायांकन गर्दा कसैलाई कोरोना संक्रमणको शंका लागेको छ भने तत्कालै परीक्षण गर्न र यस्तो अवस्थामा सुरक्षित रहन पनि उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी