सेयरबजार आज ३३ अंकले बढ्यो

काठमाडौं । सेयरबजार परिसूचक नेप्से बिहीबार ३३ दशमलव शून्य तीन अंकले बढेर २ हजार ९ सय ३१ दशमलव ३४ बिन्दुमा पुगेको छ । मंगलबार र बुधबार दुई दिन नियमित ओरालो लागेको नेप्से बिहीबार ३३.०३ अंकले बढेर २९ सय ३१.३४ बिन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने जलविद्युत्, लगानी, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ११ समूहको परिसूचक बढ्दा बैंकिङको ०.०५ र म्युचुअल फन्ड समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको हो ।

यस दिन २ सय २९ कम्पनीको सेयर कारोबार भयो । ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो । यसैगरी, सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले वृद्धि भएको छ ।

दिनभरमा २ सय २९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँ १९ पैसाको कारोबार भएको छ ।

कारोबार भएका कुल कम्पनीमध्ये १ सय ६० कम्पनीहरूको मूल्य बढेको छ भने २५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, बाँकी पाँच कम्पनीको मूल्य स्थिर छ ।

सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको सेयर उकालो लागेकोमा बिमा, फाइनान्स, विकास बैंक, जलविद्युत् र माइक्रो फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ । एक करोड ५९ लाख ८९ हजार कित्ता सेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सोरेन्सको २२ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि बोटलर्स नेपालको सेयर झन्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार मैलुङ खोला जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार आईएमई जेनरल इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख ५३ हजार ४ सय १६ रुपैयाँ ३० पैसाको कारोबार भएको हो ।

यसपछि, अपी पावरको १८ करोड ६७ लाख ६५ हजार ६ सय २७ रुपैयाँ ५० पैसा, शिखर आईएमईको १७ करोड ६७ लाख ६५ हजार ६ सय २७ रुपैयाँ ५० पैसा, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख ९० हजार १ सय ६८ रुपैयाँ ८० पैसा र एनटीसीको १५ करोड ६७ लाख ५३ हजार २५९ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से परिसूचक ३८.३५ अंकले ओरालो लाग्दा कारोबार रकम साढे ६ अर्बमा सीमित भएको थियो । मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएको थियो । आइतबार र सोमबार नेप्से ओरालो लागेको थियो ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मैलुङ खोला जलविद्युत् कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो । मैलुङ खोला जलविद्युत् कम्पनीको १० प्रतिशत, तेह्रथुम पावर कम्पनीको १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको हो ।

त्यसैगरी, न्यादी हाइड्रोपावरको सेयर मूल्य करिब ८.८६ प्रतिशत बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !