आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

लन्डन । डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो । यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित