कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन


काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष पूर्व सांसद एवम् चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको विहिबार साँझा ८ बजे हेम्स अपस्तालमा उपचारका क्रममा निधन भएको हो ।

उनको परिवारका सदस्यले जानकारी दिए अनुसारलाई उनलाई कोभिड पोजेटिभ देखिएको थियो । तर, कोभिड भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै थियो ।

नेपालमा उद्योग क्षेत्रको विकासमा मानन्धरको ठुलो योग्यदान रहेको छ । मानन्धार पूर्व सांसद मञ्चका आजीवन सदस्य, सफल उद्योगी, व्यवसायी तथा नेकपा एमालेको उद्योग व्यवसायी महासंघका संयोजक तथा समाजसेवी थिए । उनी काठमाडौँको क्षेत्रपाटी स्थित ठहितीमा बस्दै आएका थिए । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 511 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण