भारतीय गणतन्त्र दिवसमा राजदूतावासद्धारा विभिन्न कार्यक्रम


काठमाडौ । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसलगत्तै राजदूत क्वात्राले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । सो अवसरमा भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

भारतीय राजदूतावासका अनुसार मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म नेपालमा धेरै कार्यक्रमको आयोजना गरिनेछ ।

सो आजादी अनुसार माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयनमा आउने ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । कार्यक्रममा नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम रहेको दुतावासले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द