६ महिनामा कृषि तथा पशुजन्य वस्तु २ खर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब १६ अर्बको ७१ करोड २६ लाख ९१ हजार मूल्यको कृषि तथा पशुजन्य वस्तुको मात्र आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष ३२ प्रतिशतले कृषि तथा पशुजन्य वस्तुको आयातमा वृद्धि भएको हो ।

गत वर्ष सोही अवधिमा कृषि तथा पशुजन्य वस्तु १ खर्ब ४५ अर्ब ३९ करोड ६८ लाख ६० हजार रुपैयाँको भएको थियो । यस वर्ष गत वर्षको तुलनामा ७१ अर्ब ३१ करोड ४० लाख ५ हजार रुपैयाँ बढीको कृषि तथा पशुजन्य वस्तुको आयात हो ।

यसैगरी, विभागका तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा २७ अर्ब १३ करोड ३५ लाख २४ हजार मूल्यको चामल आयात भएको छ भने ११ अर्ब ७१ करोड ९३ लाख ४२ हजार रुपैयाँको मकै आयात भएको छ । गत वर्ष सोही अवधिमा चामलको आयात २५ अर्ब १८ करोड २५ लाख ३५ हजार मूल्यको भएको भने मकै ८ अर्ब ८७ करोड ८६ लाख ९४ हजार मूल्यको आयात भएको छ ।

कृषि तथा पशुजन्य वस्तुको आयात बढ्दो

गत वर्षको तुलनामा चामल आयात १ अर्ब ९५ करोड ९८ लाख ९ हजार रुपैयाँ बढी आयात भएको छ भने मकै २ अर्ब ८४ करोड ६४ लाख ८ हजार रुपैयाँ बढी आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले पछिल्लो समय कृषियोग्य जमिन मासिदै गएको र खेती गर्ने जनशक्ति पनि कम भएका कारण कृषिजन्य वस्तुको आयात बढ्दै गएको बताए ।

‘विगतमा धान गहुँ, कोदो, मकै, गेडागुडी उत्पादन हुने ठाउँमा घर र सडक बनेपछि कृषिजन्य वस्तुको आयात बढ्नु स्वाभाविक नै भएको हो, ‘वरिष्ठ अधिकृत रेग्मी भने, ‘तर, भन्सार विभागले सार्वजनिक गर्ने कृषिजन्य आयातको तथ्यांकलाई हेर्दा सबै विश्वसनीय र सत्यता छैन । उनले भने, ‘भन्सार विभागले सार्वजनिक गर्ने सबै कृषिजन्य वस्तु आयात हुने तथ्यांकमा यतिकै विश्वास गर्न सकिने अवस्था छैन ।

विशेष गरेर तरकारी तथा फलफूल आयात हुने तथ्यांकमा धेरै तलमाथि भएको पाइन्छ ।’ त्यसकारण विभागले सार्वजनिक गरेको जस्तो धेरै कृषिजन्य वस्तु आयात भएको छैन । पछिल्लो समय कृषि योग्य जमिन मासिँदै गएको र कृषि खेती गर्न जनशक्ति नभएको तर खाने जनशक्ति बढ्दै गएको हुँदा केही कृषिजन्य वस्तुको आयात बढ्दै गएको वरिष्ठ तथ्यांक अधिकृत रेग्मीको भनाइ छ ।

उनले यस वर्ष वर्षाका कारण धान उत्पादन ठूलो असर परेको हुँदा चामलको आयात गत वर्षभन्दा स्वाभाविकले नै बढ्ने बताए । ‘वर्षका चामलको माग ६५ लाख मेट्रिक टन हो तर धानको उत्पादन यसपटक ५१ लाख मेट्रिक टन मात्र उत्पादन छ,’ वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले भने ।

स्वदेशमा पशु दाना र कुखुराको दानाको मकै उत्पादन नहुने हुँदा दानाको प्रयोगका लागि मकैको आयात बढ्दै गएको रेग्मीले बताए । कृषिजन्य वस्तुको आयात बढ्नुको मुख्य कारण कृषि खेती गर्ने युवा जनशक्ति सबै विदेश पलायन हुँदा स्वदेशमा काम गर्ने जनशक्ति नहुनु र खेती योग्य जमिन मासिंदै गएकाले आयात बढ्दै गएको तथ्यांक अधिकृत रेग्मीको भनाइ छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा खाद्यन्न गेडागुडी ४२ अर्ब ७२ करोड ४५ लाख ७० हजार मूल्यको आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार मूल्यको खाद्यन्न गेडागुडी आयात भएको थियो । यसैगरी हरियो तरकारी जन्यवस्तु चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजार मूल्यको आयात भएको छ भने गत वर्ष सोही अवधिमा हरियो तरकारीजन्य वस्तुको आयात १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार मूल्यको आयात भएको थियो ।

यसैगरी, जीवित जन्तुको ६ महिनामा १ अर्ब १४ करोड ३३ लाख १५ हजार मूल्यको आयात भएको छ भने गत वर्ष सोही अवधिमा जीवित जन्तुको आयात ६४ करोड ९० लाख १६ हजार मूल्यको भएको थियो । यसैगरी, मासु ३ करोड ८९ लाख २९ हजार मूल्यको आयात भएको छ भने गत वर्ष सोही अवधिमा मासु ८२ लाख ६५ हजार रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी, विभागको तथ्यांकअनुसार माछा तथा अन्य जलचर ८७ करोड ५६ लाख ४५ हजारको आयात भएको छ भने गत वर्ष सोही अवधिमा ८० करोड ७८ लाख ९३ हजारको आयात भएको थियो ।

यसैगरी, चिया कफी चालू आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ३ करोड १९ लाख ८५ हजार मूल्यको आयात भएको छ भने सोही अवधिमा गत वर्ष चिया कफी ४ अर्ब करोड ६४ करोड ५९ लाख १९ हजार आयात भएको थियो । विभागको तथ्यांकअनुसार यस्तै विभिन्न कृषिजन्य वस्तु तथा पशु तथा पशुजन्य वस्तुको आयात बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि