डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् । आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन् ।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत